काठमाडौँ । नेकपा (कीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले आफू पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत जिम्मेवारी नदिएको भन्दै गुनासो गरेका छन् ।
काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता गौतमले पार्टीका सबै सदस्यलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्ने बताए। पार्टीका शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण संगठन कमजोर बनेको उनको भनाई थियो ।
उनले भने, 'नेकपा (एकीकृत समाजवादी)का सबै नेता काठमाडौँ उपत्यकामै छन्। त्यसो भएपछि तल नेताहरू हुने कुरा भएन। यस्तो लागेको हुनाले ती नेताहरूलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ। एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ, किनभने कम्युनिस्ट पार्टीको सिद्धान्तले त्यही भन्छ। पार्टी सदस्यता पाएपछि प्रतिमहिना शुल्क तिर्नुपर्छ र जिम्मेवारी नजुध्ने गरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ। त्यस्तो नभए सबै नक्कली कम्युनिस्ट हुन्। जिम्मेवारी तोकिएको छैन भने तिनीहरू नक्कली कम्युनिस्ट नै हुन्।'
उनले थपे, 'हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने, आजको परिस्थितिमा के गर्न जरुरी छ भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गर्नुपर्छ, जनतामाझ जानुपर्छ। नीति र सिद्धान्त पालना गर्नुपर्छ। तर पार्टीका नेताहरू तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने काममा सक्रिय छैनन्, सबै ठूला नेताहरू काठमाडौँमै छन्।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: