रौतहट। रौतहटमा पछिल्लो एक साताभित्रै दुई जनाको हत्या र एक जनाको रहस्यमय मृत्युको घटनाले सुरक्षा निकायमा चुनौति थपिएको छ । सदरमुकाम गौरमै भएको उक्त घटनाले जिल्लामा त्रासको वातावरण सिर्जना भएको छ भने जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी गम्भीरतापूर्वक लागि परेको छ ।
गत बुधबार गौर नगरपालिका–५ बरहवाताल पुल नजिक यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले घटनास्थलबाट भाग्दै गरेका गौर–३ का २० वर्षीय सनोज रामलाई नियन्त्रणमा लिई हत्यामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजु कार्कीले हत्या भएका मिया र प्रहरी नियन्त्रणमा लिइएका राम दुबै जना लागुऔषध सेवनकर्ता रहेको जानकारी दिए। उनकाअनुसार लागुऔषध सेवनपछि दुबै जनाबिच झगडा भएको र झगडाले उग्ररुप लिएपछि रामले मियालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैगरी, गत सोमबार सप्तरीको खडक नगरपालिका–७ का ५९ वर्षीय उपेन्द्रकुमार भगतको शव गौरको एक लजमा फेला परेको छ । साउन २५ गतेदेखि बेपत्ता रहनुभएका भगतको खोजतलासका लागि परिवारजनले साउन २६ गते सप्तरी प्रहरीमा निवेदन दिएको बताइएको छ । श्यामबाबा राइस एण्ड ओइल मिल प्रालीका म्यानेजर रहनुभएको भगतका छोरा विकास कुमारले आर्थिक लेनदेनको विवादमा बाबुको अपहरणपछि हत्या भएको आरोप लगाएको छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीका अनुसार गौरमा रहेको नेपाल लजको कोठा नम्बर २०२ मा मृतक भगत शव रहेको थियो । उनको शरीरमा कुनै घाउचोट नदेखिएको अवस्थामा शव कोठामा फेला परेको हो । हालसम्म ल्याब रिपोर्ट नआएकोले मृत्युका कारण यकिन गर्न सकिएको छैन । लज सञ्चालक अमित केशरीले भगत यसअघि दुई पटक लजमा बसेको बताउदै उनको मृत्यु बारे आफु अनभिज्ञ रहेको बयान दिएको छ ।
आइतबार गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा फेला परेको छ । भारतको मुजफरपुर, रक्साटोलकी साह छोराको पढाइका लागि गौर बस्दै आएकी थिइन् । शनिबार साँझ ६ बजे बजार जाने भन्दै डेराबाट निस्किएकी उनको शव सिर्सिया नजिक सुटकेसमा भेटिएको हो ।
उनका श्रीमान् शिवसागर साह रौतहट आइसकेको छन् । प्रहरीले सिसी क्यामेरा फुटेज र मोबाइल लोकेशनको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक गिरी भन्न्छन्, “तीनवटै घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ । सहाबुद्दीनको हत्यामा अभियुक्त पक्राउ परिसकेको र अन्य दुई घटनामा प्राविधिक प्रमाण सङ्कलन भइरहेको छ । सुरक्षा चुनौतीपूर्ण बने पनि अपरााधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: