काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा पार्टी केन्द्रीय कमिटीमा स्पष्ट रूपमा भिन्न मत राख्ने एकमात्र व्यक्ति कर्ण थापा रहेको स्पष्ट पारेका छन्।
उनका अनुसार थापाले "मेरो मत दर्ज गर्छु" भनेर प्रत्यक्ष रूपमा आफ्नो धारणा प्रस्तुत गरे पनि अन्य नेताहरुले त्यस्तो स्पष्ट असहमति जनाएका छैनन्।
गौतमले भने, "तपाईंले भनेका दुई उपाध्यक्षहरुले त केन्द्रीय कमिटीमा निर्णय नगरौं, फर्काएर स्थायी कमिटी र सचिवालयमा लैजाऔं मात्र भन्नुभएको हो। उहाँहरुले लिखित रूपमा असहमति दर्ज गर्नुभएन।"
गौतमले केन्द्रीय कार्यालयमा असहमति लेखेर छोड्ने कार्यलाई "त्यति दर्बिलो, गर्बिलो र धेरै वैचारिक" नदेखिएको टिप्पणी गरे। "केन्द्रीय कमिटीका बैठकहरू हुँदै छन्। महाधिवेशनको फोरम खुल्लै छ। केन्द्रीय कमिटीबाट छलेर जान्न पाइँदैन," उनले भने।
उनका अनुसार पार्टी नेतृत्वले आफ्ना असहमति राख्न दबाब नदिने स्पष्ट अभिव्यक्ति दिइसकेको छ। "जहाँसम्म अपानिमा फरक मत नगएको सन्दर्भ छ, त्यसका लागि त केन्द्रीय कमिटीको अनुमति चाहिन्छ। केन्द्रीय कमिटीले तल पठाउने निर्णय गरेको छैन। त्यो उहाँहरूले बुझ्नु नै भएको छ," गौतमले थपे।
गौतमले पार्टी विधानअनुसार मत विभाजित भएमा प्रक्रियाबाट निर्णय हुने र बहुमतको निर्णय नै पार्टीको निर्णय हुने स्पष्ट गरे।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा प्रवेशको विषयमा उनले भने, “उहाँ राजनीतिमा आउनुहुन्न भनिसकेपछि पार्टी सदस्यता जोडेर ठूलो बहसको विषय बन्छ भन्ने लाग्दैन। तर पूर्वराष्ट्रपतिहरु राजनीतिमा आउँछन् कि आउँदैनन् भन्ने छलफल हुन सक्छ।”
यदि भण्डारी राजनीतिमा फर्किने निर्णयमा पुग्नु भए दुई मिनेटमै सदस्यता टुंगो लाग्ने पनि गौतमको भनाइ छ। “उहाँ केन्द्रीय कमिटीको निर्णयबाट राष्ट्रपतिमा जानुभएको हो। त्यसैले केन्द्रीय कमिटीकै निर्णयको आधारमा निष्कर्षमा पुग्नु भएको भए धेरै सहज हुन्थ्यो,” उनले टिप्पणी गरे।
गौतमले अन्त्यमा भने, “व्यक्तिका सम्बन्धहरू परिवर्तनशील हुन्छन्। त्यसैले केन्द्रीय कमिटीले निर्णय गरिसकेको मुद्दाबारे धेरै टिप्पणी नगरौं।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: