Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एमालेमा चुलिँदै ओली-विद्या टकराव : विधान महाधिवेशनमा ईश्वर पोखरेलले सार्दैछन् छुट्टै प्रस्ताव

उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्- भण्डारीको सदस्यता सदर गरेर जिम्मेवारी दिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सक्रिय राजनीतिबाट रोकेपछि भण्डारी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको रणनीतिमा सक्रिय बनेकी छिन्। आगामी भदौ २०–२३ मा हुन लागेको पार्टीको विधान महाधिवेशनलाई लक्षित गर्दै उनले विधानमा परिवर्तन गराउने तयारी थालेकी छन्।

भण्डारीले पार्टीको विधानमा ७० वर्ष उमेर हदबन्दी राख्नुपर्ने र एउटै पदमा तेस्रो कार्यकाल नदोहरिने व्यवस्था समावेश गरिनुपर्ने माग अघि सारेकी छन्। तर, अध्यक्ष ओली भने उमेर हदबन्दी र कार्यकाल सीमाका विपक्षमा छन्। ओलीले आफूप्रति अनुकूल हुने गरी विधानको मस्यौदा केन्द्रीय कमिटीबाट पारित गराइसकेका छन्।

भण्डारी यस मस्यौदामा संशोधन गराउने रणनीतिमा छिन् भने ओली त्यसलाई यथास्थितिमा पारित गराउने पक्षमा छन्। यही सन्दर्भमा भण्डारीले थापागाउँस्थित मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालयबाट आफ्ना गतिविधि अघि बढाएकी छन्। उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले साथ दिएका छन्।

भण्डारी पक्षधर नेताहरूले आगामी विधान महाधिवेशनमा फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन्। उनीहरूले अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण रोकेको र जनताको बहुदलीय जनवाद (जवज) लाई कमजोर बनाउने कार्य गरेको आरोपसहित अलग प्रतिवेदन ल्याउने तयारी गरेका हुन्। उक्त दस्तावेज वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा प्रस्तुत गरिने बताइएको छ।

एमाले उपाध्यक्ष गुरु बरालका अनुसार, महाधिवेशनका लागि प्रदेश र जिल्ला तहबाट प्राप्त सुझाव केन्द्रीय कमिटीमा पेस गरेर संशोधनसहित विधान पारित गरिनेछ।

भण्डारी पक्षका नेताहरूले ओली रणनीति अवरुद्ध भएमा ‘प्लान बी’ अनुसार अघि बढ्ने तयारी गरेका छन्। यदि भण्डारीको सदस्यता नवीकरण नहुने अवस्था आयो भने वरिष्ठ उपाध्यक्ष पोखरेललाई आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बनाउने योजना समेत बनाइएको छ।

यसबारे भण्डारी निकट एक नेताले भने, "पहिले ओलीको कदम हेर्छौं, त्यसपछि प्लान बी कार्यान्वयन हुनेछ।"

गत असार १४ गते सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको सदस्यता हालैको केन्द्रीय कमिटी बैठकले ‘होल्ड’ गर्ने निर्णय गरेको थियो। यता, उपाध्यक्ष युवराज ज्ञवालीले भण्डारीको सदस्यता सदर गर्नुपर्ने बताउँदै पार्टीले नै उनलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्।

ज्ञवालीका अनुसार भण्डारीको सदस्यता नवीकरण भइसकेको छ र सचिवालय बैठकमा समेत यसबारे छलफल भइसकेको थियो।

यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता कसैले रोक्न नसक्ने स्पष्ट पारे। "उहाँ आफैंले निर्माण गर्नुभएको पार्टीमा पुनः सक्रिय हुन अधिकार सम्पन्न हुनुहुन्छ," थापाले भने, "विद्या भण्डारी एमालेमै हुनुहुन्छ र एमालेको जनमत पनि उहाँसँगै छ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending