Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

शंकरले विद्या राजनीतिमा फर्किए गणतन्त्र संकटमा पर्छ भनेपछि भीम रावलले भने – ‘झोले’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गणतन्त्रका लागि खतरा हुने टिप्पणी गरेपछि आफ्नै पार्टीका निष्कासित नेता भीम रावलले तीव्र प्रतिक्रिया दिएका छन्।

शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी संविधानको संरक्षक र सेनाको पूर्व प्रमुख सर्वोच्च कमाण्डर भएकाले उनी राजनीतिमा फर्किनु उचित नहुने जिकिर गरे। 

उनले भने, “पूर्वराष्ट्रपति संविधानको संरक्षक हुनुहुन्छ। सेनाको परामुख्य भइसकेको व्यक्ति हो। उहाँ सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रप्रति अनास्था र अविश्वास पैदा गर्ने खालको हुन्छ। यस्तो गल्ती राजनीतिक दलहरूले गर्नु हुँदैन।”

शंकर पोखरेलको यस भनाइप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भीम रावलले ती भनाइलाई व्यंग्य गर्दै टिप्पणी गरेका छन्। 

उनले लेखेका छन्, “पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा, तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे! ‘झोले’ नेताको भनाइ!”

एमाले नेतृत्वको आलोचना गर्दै आएका रावल २०८१ पुस १० गते पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका थिए। त्यसयता उनी एमालेप्रति झन् आक्रामक हुँदै आएका छन्।

एमालेबाट निष्कासनपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सुरु गरेका थिए, तर सो अभियानलाई उल्लेख्य रूपमा सक्रिय बनाउन भने सकेका छैनन्।

उल्लेखनीय छ, एमाले अध्यक्ष केपी शर्मा ओलीले कहिल्यै ‘म झोले हो’ अभियानको घोषणा गरेपछि रावलले पनि त्यसैलाई व्यंग्य गर्दै पार्टीका नेताहरूलाई ‘झोले’ भनेर कटाक्ष गर्ने गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending