काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गणतन्त्रका लागि खतरा हुने टिप्पणी गरेपछि आफ्नै पार्टीका निष्कासित नेता भीम रावलले तीव्र प्रतिक्रिया दिएका छन्।
शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी संविधानको संरक्षक र सेनाको पूर्व प्रमुख सर्वोच्च कमाण्डर भएकाले उनी राजनीतिमा फर्किनु उचित नहुने जिकिर गरे।
उनले भने, “पूर्वराष्ट्रपति संविधानको संरक्षक हुनुहुन्छ। सेनाको परामुख्य भइसकेको व्यक्ति हो। उहाँ सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रप्रति अनास्था र अविश्वास पैदा गर्ने खालको हुन्छ। यस्तो गल्ती राजनीतिक दलहरूले गर्नु हुँदैन।”
शंकर पोखरेलको यस भनाइप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भीम रावलले ती भनाइलाई व्यंग्य गर्दै टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा, तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे! ‘झोले’ नेताको भनाइ!”
एमाले नेतृत्वको आलोचना गर्दै आएका रावल २०८१ पुस १० गते पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका थिए। त्यसयता उनी एमालेप्रति झन् आक्रामक हुँदै आएका छन्।
एमालेबाट निष्कासनपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सुरु गरेका थिए, तर सो अभियानलाई उल्लेख्य रूपमा सक्रिय बनाउन भने सकेका छैनन्।
उल्लेखनीय छ, एमाले अध्यक्ष केपी शर्मा ओलीले कहिल्यै ‘म झोले हो’ अभियानको घोषणा गरेपछि रावलले पनि त्यसैलाई व्यंग्य गर्दै पार्टीका नेताहरूलाई ‘झोले’ भनेर कटाक्ष गर्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: