काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले चीन र भारतको हेपाहा प्रवृत्तिविरुद्ध नेपालीले युद्ध लड्न पनि तयार रहनुपर्ने बताएका छिन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा उनले आफू लिपुलेक, कालापानी र लिम्पियाधुराको भूगोलबाट राष्ट्रिय सभाको प्रतिनिधि रहेको भन्दै दुई छिमेकीहरूले नेपाललाई बाइपास गरेर गरेको सम्झौता गम्भीरतापूर्वक लिन सदनको र सरकारको ध्यानाकर्षण गराइन्।
‘हात्तीसँग लड्नुपरे पनि लडौँला हात्ती से लड जाएगी चिंटीको टोली। तयारी गर्नुस्,’ सांसद चन्दले भनेकी छन्, ‘कूटनीतिक पहल तपाईँहरूको पुग्दैन भने नडराउनु होला, मत जनयुद्ध लडेको मान्छे हो ट्रेनिङ प्राप्त हो।’ यद्यपि आफूले यसो भन्दा ‘आइजा दुई दुई हात गरौं’ भनेर भनिहाल्न नखोजेको उनले बताइन्। ‘मूल जोर त हामीले कूटनीतिक प्रयास गर्ने हो,’ उनले भनिन्।
चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक पासको नाकाबाट व्यापार गर्ने पुन: सम्झौता भएको बताउँदै उनले त्यसअघि त्यो नाका नेपालले प्रयोग गर्दै आएको बताइन्। ‘भारत–चीन युद्धपछि त्यो भूगोल हामीबाट खोसिएको छ र त्यो विवादास्पद बनाइएको छ,’ उनले भनिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १७:२५
काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...
चैत्र १८ गते, २०८२ - १७:०५
काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...
चैत्र १८ गते, २०८२ - १६:५३
काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...
चैत्र १८ गते, २०८२ - १६:३३
काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...
चैत्र १८ गते, २०८२ - १६:२२
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...
चैत्र १८ गते, २०८२ - १६:११
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...
चैत्र १८ गते, २०८२ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...
चैत्र १८ गते, २०८२ - १५:४०
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...
चैत्र १८ गते, २०८२ - १५:२९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...
चैत्र १८ गते, २०८२ - १५:२२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...


प्रतिकृया लेख्नुहोस्: