काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएको छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार आफुले राखेको धारणा भन्दा विपरित सन्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्री न्यौपानेले आफ्नो धारणालाई प्रष्ट पार्दै निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरूमा काममा भन्दा बढी लोकसेवामा ध्यान जाने गरेको बताए।
सङ्घीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ । प्रतिनिधि सभाबाट पारित सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमा लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ ।
‘‘खरिदार र नासुमा एकै योग्यता र कोर्षबाट परिक्षा दिन पाइने हुँदा निजामती सेवामा खरिदारको खुला विज्ञापन गरेपछि नासुमा पनि विज्ञापन गर्दा उक्त कर्मचारीको ध्यान नासुको परीक्षामा बढी केन्द्रीत हुने मेरो भनाइ हो,’’ मन्त्री न्यौपानेले स्पष्ट पारे।
सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरू आफ्नो वृद्धिविकासका लागि कार्यालयमा हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा केन्द्रीत हुने र यसले सरकारले चाहेअनुसारको नतिजा दिन नसक्ने मन्त्री न्यौपानेले बताए।
राष्ट्रिय सभामा छलफल भइरहेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत् मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।
खरिदार तहमा प्रतिश्पर्धा गर्न कक्षा १२ उत्तिर्ण हुनुपर्ने छ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइने छ ।
यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यस्तै विधेयकमा अब उपसचिवमा प्रतिश्पर्धा गर्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १७:२५
काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...
चैत्र १८ गते, २०८२ - १७:०५
काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...
चैत्र १८ गते, २०८२ - १६:५३
काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...
चैत्र १८ गते, २०८२ - १६:३३
काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...
चैत्र १८ गते, २०८२ - १६:२२
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...
चैत्र १८ गते, २०८२ - १६:११
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...
चैत्र १८ गते, २०८२ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...
चैत्र १८ गते, २०८२ - १५:४०
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...
चैत्र १८ गते, २०८२ - १५:२९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...
चैत्र १८ गते, २०८२ - १५:२२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...


प्रतिकृया लेख्नुहोस्: