Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपालको सहमति बिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

खबरडबली संवाददाता

दाङ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएको छन् । शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य भएको बताए ।

‘‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ,’’ उनने भने, ‘‘नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’’

सुगौली सन्धी सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको उनले बताए । सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भने, ‘‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।’’

उनले थप्दै भने, ‘‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’’

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो । उनको अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुने छन् ।

यस्तै उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको बताए। पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घर भित्रै बन्धक बनाउनुहुँदैन उनले भने, ‘‘सामाजिक रूपमा सक्रिय हुन कुनै रोकटोक छैन । सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending