Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भूकम्पपछिको काठमाडौँलाई प्रकाशमय उपहार ‘ काठमार्डौं सेल्फी ’

\"selfi-400\"काठमाडौं । नेपालका थुप्रै दिवङ्गत र जीवित साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, चलचित्रकर्मी, पत्रकार आदिका बारेमा निकै जानकार प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’ सिर्जनात्मक गद्य ‘गोरखा भूकम्प’पछिको पीडामा मल्हम थप्न आएको छ । शब्दहार क्र्रियसन्सद्वारा प्रकाशित कृतिमा बिपी कोइराला, शङ्कर लामिछाने, धुस्वाँ सायमी, भूपी शेरचन, वासु शशी, जनकबहादुर राणा, मित्रसेन थापा मगर, अम्बर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, नारायणगोपाल गुरुवाचार्य, दिव्य खालिङ जस्ता नेपाली र नेपालीभाषी तथा गालिब,सत्यजित रे, गुल्जार, रजनीश, आरके लक्ष्मण, शवाना आजमी आदिसँग सम्बन्धित ४३ रचना छन् । सम्पादकलाई चिठ्ठी लेख्ने नन्दनहरि ओखलढुङ्गे, रेडियो नेपालमामा बढी गीत फर्मायस गर्ने ताजमा–करिम हवारी, नाट्यकर्मी सपना प्रधान९महिले मानवअधिकारकर्मी०, गायक  रुपनारायण, अभिनेता प्रकाश अधिकारी, अभिनेत्री सूर्यमाला–चन्द्रमाला शर्मा, निर्देशक मनहरि भण्डारीको नाम हराएकामा चिन्ता गर्दै लेखकहरुसँग लेख रचना माग्न ताकेता गर्ने सम्पादक भैरव अर्याल, बादेपा, युवराज घिमिरे आदिलाई ‘लिभिङ इन्साइक्लोपेडिया’ लेखक सायमीले सम्झेका छन् । रेडियोमा अजम्मरी गीत–सङ्गीत’, ‘अजर अमर गीतहरु’ कार्यक्रम सञ्चालन गर्ने सायमी प्रथम नेपाली गायक सेतुराम श्रेष्ठ तथा प्रथम गायिका मेलवादेवीदेखि उस्ताद बद्री र उस्ताद साइँलासम्मका कथा भन्न सक्छन् र ‘नेपाली सुगम सङ्गीतको स्वर्णिम युग’९२०१३०का प्रत्येक पाना कण्ठस्थ पार्न सक्छन् । त्यही वाग्प्रसाद लिएर उनी  रेडियो नेपालका प्रथम गीतकार शङ्कर लामिछानेदेखि लिएर क्षेत्रप्रताप अधिकारी, नीर शाह, ईश्वरबल्लभ आदि गीतकारको जीवनी अक्षरशः भन्न सक्ने क्षमता राख्छन् । तीस वर्षकै उमेरमा बितेका दार्जिलिङका गीतकार–सङ्गीतकार शरण प्रधान र अरुणा लामाको दाम्पत्य जीवनको कारुणिक कथा, नेपाली नागरिकताविहीन दिव्य खालिङका अन्तिम मार्मिक दिनहरु र  उदितनारायण झाको विरोधभासी जिन्दगी पनि प्रस्तुत कृतिमा पढ्न सकिन्छ । चर्चित स्रष्टाहरुको अन्तरङ्ग जीवनका विविध पक्ष र तिनले एकापसमा बोलेका संवादसमेतले उनमा विषयको गहिरो ज्ञान रहेको थाहा पाउन सकिन्छ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको तर प्रदर्शनमा नआई अवसान भएको ‘पञ्चवटी’चलचित्र तथा दुर्गालाल श्रेष्ठ र मल्ल के सुन्दर सम्मिलित ‘नेवारभाषा’मा बन्न लागेको चलचित्रको तुहावट, ‘कञ्चनजङ्घा’चलचित्रमा गोपाल योञ्जनको बाँसुरी वाद्यवादनको प्रयोग गरिए पनि त्यसलाई श्रेय नदिइएको रहस्य ‘पृथ्वी’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’,‘रानीखोला’ र ‘हतियार’चलचित्रका निर्देशक सायमीले मात्र भन्न सक्छन् । रोचक कुरो, कवि सायमीले विश्वकै महँगो कलममा नाम आउने ‘मो ब्लाँ’ कलम धुस्वाँ सायमीबाट पाएका रहेछन् जसलाई तत्कालीन विद्रोही नेता पुष्पकमल दाहालले विसं २०६३ मङ्सिर ७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ‘शान्ति सम्झौता’मा हस्ताक्षर गर्दा प्रयोग गरेका थिए । नेपाली क्रिकेट खेलाडीले खेल्नुअघि राष्ट्रगान र गोपालप्रसाद रिमालको ‘रातो र चन्द्रसूर्य।।।’ पनि गाउँदा रहेछन् भन्ने प्रायः कमैलाई थाहा हुने तथ्य पनि यसमा परेको छ । मनको बोली नभएको आत्मकथा र खोल मात्र सुन्दर भएको पुस्तक, साहित्यमा हुने एकाधिकारवाद, बालबालिकामाथि हिंसा थोपर्ने आतङ्कवादीको पनि उनले कृतिमा जमेर व्यङ्ग्य गरेका छन् भने ओशो अर्थात् रजनीशलाई नेपालमा शरण नदिइएर पर्यटन प्रवद्र्धनको ठूलो मौका गुमाएको थकथकी पनि पोखेका छन् । यसमा विश्व साहित्य र चलचित्रका पनि निकै जानकारी पाउन सकिन्छ । आफूलाई पत्रकार, स्तम्भलेखक तथा सञ्चार प्रवद्र्धक, चलचित्र निर्देशक, साहित्यकार, नेपाली गीतसङ्गीत र रङ्गमञ्च र चलचित्रका अध्येता, नाट्यकर्मी सबैतिर बाँडेर पनि सबैभन्दा बढी गीतसङ्गीतमा पाएको विशेषज्ञताको प्रयोग यसमा छ । इतिहासका गर्तमा पुरिइसकेका थुप्रै तथ्यलाई उधिनेर नेपाली साहित्य, सङ्गीत, कला र पत्रकारितामा रुचि राख्नेलाई एउटा रोमाञ्चकता दिने कृतिको शीर्षकीकरणमा भने अनेपाली भाषाको गन्ध आउँछ । कृतिमा थुपै भाँचभुँच गरिएका नेपाली र संस्कृत शब्दको प्रयोग गरिएको छ, जुन उनको मौलिक शैली भए पनि ती शब्दको उपयुक्तततामा सन्देह लाग्छ । नवीनीकरण, परिचयकृत, लिप्यन्तरण, अभ्याक्रमी, मञ्चस्थ, ध्वन्यस्त, प्राभ्यास, चर्चास्पद, प्रतीक्षणीय त्यस्ता केही उदाहरण हुन् । एकै शब्द पनि फरक फरक लेखिनु९जौहर–गौहर जान, मुरलीधर मिजार–मिझार, उस्ताद–वस्ताज ०, कलकत्ता कोलकाता भइ सक्दा पनि कोलकत्ता र गोरेगावँलाई ओरेगावँ लेखिनु  केही ठाउँमा स्त्रीलिङ्गी कर्तालाई पुलिङ्गी क्रियापद दिनु, ‘यु सेड इट’लाई ‘यु इट सेड’ लेखिनु, अङ्ग्रेजी, हिन्दी जस्ता अनेपाली शब्दको निकै प्रयोग गरिनु, गीतसङ्गीतका केही हस्तीको चर्चा गर्दा एकापसमा गाँसिएकाले धेरै तथ्य दोहरिरहनु, मुद्राराक्षस बग्रेल्ती पाइनु कृतिमा देखिने केही कमजोरी हुन् । विभिन्न शैलीमा नेपाली स्रष्टाहरुको जीवनी लेख्ने शङ्कर लामिछाने, उत्तम कुँवर, कृष्णप्रसाद पराजुली, गोपाल पराजुली, जयदेव भट्टराई, श्रीओम श्रेष्ठ रोदन, विजयराज आचार्य आदिभन्दा भिन्न शैलीको उनको लेखन र विषयको गहिराइले कृतिलाई गहन र ओजिलो बनाएको छ । अझ भूकम्पपछिको सांस्कृतिक सम्पदाको धमिलो आवरणपृष्ठले वैशाखको भूकम्प र काठमाडौँलाई सम्झना गराइदिएको छ । आउने संस्करणमा वर्णविन्यासलगायत दोषहरु हट्ने विश्वास लिन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending