Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

सहकारीको एक करोड ८३ लाख अपचलन गरेको मुद्दामा एमाले नेतालाई सर्वोच्चबाट सफाइ

खबरडबली संवाददाता

काठमाडौं । झण्डै दुई करोड रुपैयाँ ठगीको अभियोग लागेका टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले अधिकारीलाई नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभमार्फत १ करोड ८३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सफाइ दिएको हो।

प्रकाश अधिकारी उक्त सहकारीका उपाध्यक्ष तथा सञ्चालक रहेका बेला २०२ जना निक्षेपकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप लागेको थियो। 

पीडितले पटक–पटक रकम माग्दा पनि नपाएपछि अधिकारीसहितका जिम्मेवार व्यक्तिहरूविरुद्ध २०७१ सालमा प्रहरीमा उजुरी दर्ता भएको थियो। त्यसपछि प्रहरी अनुसन्धानपश्चात जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

२०७३ चैतमा जिल्ला अदालतले अधिकारीसहितलाई सफाइ दिए पनि उच्च अदालत पाटनले त्यस निर्णय उल्ट्याउँदै २०७५ फागुन १९ गते अधिकारीलाई १८ लाख ३१ हजार रुपैयाँ जरिवाना र एक महिनाको कैद सजाय सुनाएको थियो। 

अन्य सात प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि समान सजाय सुनाइएको थियो।

उच्च अदालतको फैसला विरुद्ध अधिकारीसहित सातजना प्रतिवादीले २०७६ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। साथै, अप्सरा पौडेलको जाहेरीका आधारमा नेपाल सरकारले पनि सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो।

सर्वोच्चले फैसला सुनाउँदै अधिकारी र यनुका बुढाथोकीको हकमा उच्च अदालतको फैसला उल्टाएको हो। बाँकी पाँच प्रतिवादीको हकमा भने उच्च अदालतको सजाय सदर भएको छ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, “दुईजना प्रतिवादीले मात्र सफाइ पाएका छन्। बाँकीमा तल्लो अदालतको फैसला सदर भएको छ। मृतक प्रतिवादी सुवासचन्द्र बिसीको हकमा कैद मिनाहा भए पनि बिगो तिर्नुपर्ने निर्णय भएको छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending