तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु. ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२-८३ का लागि रु. ३५ लाख बजेट विनियोजन गरेको हो ।
सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु। दुई अनुदान दिने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, “दूध उत्पादनमा अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याएको छ, साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि टेवा पुग्छ ।”
बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दीपुर–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई उत्पादनका आधारमा रु। दुईका दरले अनुदान उपलब्ध गराउने गरिएको छ।
गाउँपालिकाले मौरीपालन, मुसुरो, तोरीखेती, च्याउखेती, मकैबाली प्रवर्धन, व्यावसायिक फलफूलखेती प्रवर्धन, बीउबिजन वितरण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ। हाटबजार व्यवस्थापन तथा सञ्चालनका लागि रु। नौ लाख बजेट विनियोजन गरिएको बताउँदै थापाले गाउँपालिकामा धर्म, संस्कृति, भेषभूषा, कला र साहित्यको संरक्षण तथा प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे।
त्यस्तै, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा गाउँपालिकाभित्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका पर्यटकीय स्थलहरुको प्रवर्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले उल्लेख गरे।
गाउँपालिकाले युवाहरुलाई बजार मागको आधारमा व्यावसायिक सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम, पूर्व सिकाइ मान्यताको विधिबाट सीप परीक्षण कार्य, पालिकाभित्र उत्पादन भएका वस्तुहरुको प्रदर्शनी एवं बजारीकरणका लागि रु. २० लाख विनियोजन गरेको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा घरदैलो कार्यक्रम, नसर्ने रोग स्क्रिनिङ अभियान, विपन्न तथा कडा रोग लागेका विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पहिचान निदान तथा उपचार शिविर सञ्चालनका लागि बजेट विनियोजन गरिएको थापाले बताए।
यस्तै, गाउँपालिकाभित्र हुने प्राकृतिक प्रकोप तथा विपद्को पूर्व तयारी प्रतिकार्य र पुनर्लाभ कार्यका लागि रु. २५ लाख, वृक्षरोपण एवं वन वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि रु. १५ लाख विनियोजन गरिएको थापाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: