काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताएका छन् ।
सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्तीका अवसरमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले शिक्षकले विद्यालयभित्र राजनीतिक आस्था राख्न नहुने बताए ।
‘शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर राख्नुपर्छ’, महामन्त्री थापाले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि सबैले उत्तिकै ध्यान दिनुपर्छ ।’
महामन्त्री थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको योगदानको स्मरण गर्दै अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिका प्रकाशन गरी सार्वजनिक गरेकामा प्रशंसा गरे ।
उनले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएकाले समयक्रमअनुसार कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो औँल्याए । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको लोकतन्त्र प्रजातान्त्रिक सेनानीको जगबाट मात्र प्राप्त भएको स्मरण गर्दै कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुने बताए ।
‘लोकतन्त्रका लागि लडेका व्यक्तित्वप्रति नमन गर्दछु, कांग्रेस एउटै मूल मन्त्रले अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले टुक्र्याउन सक्दैन’, उनले भने, ‘कांग्रेसभित्र एकता भए पुग्छ, कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विचार र मत फरक हुनसक्ला तर पार्टी सञ्चालनका कार्यविधि र गतिविधिमा कुने मतान्तर छैनन् ।’
कार्यक्रममा पूर्वराजदूत तथा शिक्षाविद् मिलन तुलाधरलाई सम्मान गरिएको थियो । महामन्त्री थापा र नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा शिक्षाविद् तुलाधरलाई सम्मानपत्र र नगद रु २५ हजारबाट सम्मान गरे ।
फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद नै आफ्नो राजनीतिक र सामाजिक सेवाको प्रेरक व्यक्तित्व भएको बताउँदै भोलिका दिनमा तमाम सामाजिक व्यक्तिहरुरूको इतिहास उत्खनन् गर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: