काठमाडौं । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती (हीरक जयन्ती)को अवसर पारेर काठमाडौं थापागाउँमा पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेकी छन्।
उक्त सम्पर्क कार्यालयको औपचारिक उद्घाटन बिहीबार दिउँसो २ बजे हुनेछ। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन विद्याको पहलमा ‘जननेता मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गरिएको छ, जसको अध्यक्ष बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।
उक्त थापागाउँको घर सन् २०४८ मा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेका थिए भने २०५१ सालमा विद्याले पनि सोही घरमा कार्यालय सञ्चालन गरेकी थिइन्। अब पुनः त्यही स्थानमा विद्याले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी हुन्।
यद्यपि, एमालेको साउन ५–६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर, उनले आफ्नो राजनीतिक यात्रा रोकिएको छैन भन्ने सन्देशसहित कार्यकर्तामाझ सम्पर्क सुदृढ गर्न कार्यालय स्थापना गरेकी हुन्।
एमालेले भण्डारीको कार्यक्रममा नजान उर्दी जारी गर्दै आइरहेको बेलामा नेता पोखरेल भण्डारीको पक्षमा उभिएका हुन्।
उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि भण्डारीलाई सदस्यता नदिएको विषयमा असन्तुष्टि जनाउँदै फरक मत पार्टी कार्यालयमा दर्ता गरेका छन्। स्थायी कमिटी सदस्य कर्ण थापाले यसअघि नै नोट अफ डिसेन्ट लेखिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: