काठमाडौं । अब सवारीसाधनको वास्तविक धनी को हो, कागजात सही छ कि छैन भन्ने कुरा ट्राफिकले सडकमै थाहा पाउनेछ। सरकार सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको अभियानलाई जोडका साथ अघि बढाउँदै छ। यही अभियानलाई प्रभावकारी बनाउन राजधानीसहित देशका प्रमुख राजमार्गमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस गेट’ (आरएफआइडी गेट) निर्माण भइरहेको छ।
यी स्मार्ट गेटहरूमा जडान हुने उच्च क्षमताका क्यामराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, बिलबुकमा भएको विवरणदेखि नागरिकताको आधारसम्मका अभिलेख स्वचालित रूपमा रिड गर्नेछन्। यसले चोरी भएका वा नक्कली कागजातमा चलाइएका सवारीसाधन तुरुन्तै पत्ता लगाउन मद्दत गर्ने विभागको दाबी छ।
पहिलो चरणमा १० वटा स्थानमा गेट निर्माण गर्ने योजना रहेको छ। अहिले नागढुङ्गा र नागार्जुन नाकामा सञ्चालनमा आइसकेका छन् भने पथलैया र फर्पिङमा निर्माणाधीन छन्। चार महिनाभित्र यी दुबै सञ्चालनमा आउनेछन्। त्यसपछि इटहरी, बुटवल, कोहलपुर, अत्तरियासहित पोखरा र भक्तपुरको जगातीमा पनि यस्ता गेट स्थापना गरिनेछ।
यो प्रणाली कार्यान्वयनका लागि सरकार र अमेरिकाको डेकाटुर आइटीबीच चार अर्ब ९५ करोड रुपैयाँको सम्झौता भइसकेको छ। विभागका अनुसार हालसम्म ८० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ।
मोटरसाइकलमा जडानको शुल्क २५ सय रुपैयाँ तोकिएको छ भने ठूला सवारीसाधनका लागि यो शुल्क ३६ सय रुपैयाँसम्म पर्छ। विभागले असोज १ गतेपछि सबै सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट हुनुपर्ने स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: