काठमाडौं । अब सवारीसाधनको वास्तविक धनी को हो, कागजात सही छ कि छैन भन्ने कुरा ट्राफिकले सडकमै थाहा पाउनेछ। सरकार सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको अभियानलाई जोडका साथ अघि बढाउँदै छ। यही अभियानलाई प्रभावकारी बनाउन राजधानीसहित देशका प्रमुख राजमार्गमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस गेट’ (आरएफआइडी गेट) निर्माण भइरहेको छ।
यी स्मार्ट गेटहरूमा जडान हुने उच्च क्षमताका क्यामराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, बिलबुकमा भएको विवरणदेखि नागरिकताको आधारसम्मका अभिलेख स्वचालित रूपमा रिड गर्नेछन्। यसले चोरी भएका वा नक्कली कागजातमा चलाइएका सवारीसाधन तुरुन्तै पत्ता लगाउन मद्दत गर्ने विभागको दाबी छ।
पहिलो चरणमा १० वटा स्थानमा गेट निर्माण गर्ने योजना रहेको छ। अहिले नागढुङ्गा र नागार्जुन नाकामा सञ्चालनमा आइसकेका छन् भने पथलैया र फर्पिङमा निर्माणाधीन छन्। चार महिनाभित्र यी दुबै सञ्चालनमा आउनेछन्। त्यसपछि इटहरी, बुटवल, कोहलपुर, अत्तरियासहित पोखरा र भक्तपुरको जगातीमा पनि यस्ता गेट स्थापना गरिनेछ।
यो प्रणाली कार्यान्वयनका लागि सरकार र अमेरिकाको डेकाटुर आइटीबीच चार अर्ब ९५ करोड रुपैयाँको सम्झौता भइसकेको छ। विभागका अनुसार हालसम्म ८० हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ।
मोटरसाइकलमा जडानको शुल्क २५ सय रुपैयाँ तोकिएको छ भने ठूला सवारीसाधनका लागि यो शुल्क ३६ सय रुपैयाँसम्म पर्छ। विभागले असोज १ गतेपछि सबै सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट हुनुपर्ने स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: