Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बाँकेबाट हराएका ५५५ मध्ये ५१४ जनालाई परिवारको जिम्मा लगाइयो

खबरडबली संवाददाता

नेपालगन्ज। बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई खोजेर परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा गत आवमा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोले प्रहरीले खोज तलाश गरेर ५१४ जनालाई फेला पारी परिवारको जिम्मामा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले बताए।

उनले प्रहरीले उनिहरुलाई खोज तलाश गरेर परिवारको जिम्मा लगाउँदा परिवारका सदस्यहर निकै भावुक र खुशी बनेको पनि बताए ।

सोही अवधीमा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अलपत्र अवस्थामा भेटिएका २४९ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई फेला पारी उद्धार गरिएको प्रहरी नायब उपरिक्षक पातलीले बताए ।

उनले ती मध्य ९४ जनालाई संरक्षणका लागि विभिन्न संस्थामा पठाइएको पनि जनाए।

यसैगरी उक्त अवधिमा प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट ९०७ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको उद्धार गरेको बाँकेका प्रहरी प्रवक्ता पातलीले बताए।

नाकामा तैनाथ प्रहरीले भारत जाने महिला तथा बालबालिकाहरुमाथि विशेष निगरानी राख्ने गरेको जनाउँदै उनले शङ्का लागेकाहरुसँग गहिरिएर सोधपुछ गर्दा जोखिमपूर्ण यात्रा काममा भारत जान लागेको पाइएकाले उनिहरुको उद्धार गरेर घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

प्रहरीको समुदाय प्रहरी सहकार्यतर्फ मातहतसहित गरी गत वर्ष एक हजार ९४ पटक सचेतनामूलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमहरु मध्ये लागुऔषध, साइबर अपराध, मानव बेचबिखन, आत्महत्या र अल्पसङ्ख्यकसँग प्रहरी, नागरिक सुनुवाइ र चोरीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै जिल्लामा ट्राफिक सचेतनातर्फ दुई हजार ६२४ सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट सम्बन्धि) सञ्चालन गरेर ट्राफिक नियमसम्बन्धी विभिन्न जानकारी चालक, सर्वसाधारण, विद्यार्थीलाई गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...

चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि बल प्रयोग गरिने आईजीपी कार्कीको चेतावनी

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको दानबहादुर का...

रकमसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे, ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छाडिएका छन्। श्रीप्रकाश उप्...

निर्वाचनमा गलत कार्य गरे दण्डनीय: हुनसक्छ उम्मेदवारी खारेजीदेखि जेल सजायसम्म

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व...

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय

काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE