Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

खबरडबली संवाददाता

सिड्नी। वैज्ञानिकहरूले अस्ट्रेलियाली जङ्गली चराहरूमा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) को आश्चर्यजनक दरको दस्तावेजीकरण गरेका छन् । बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण यो परिवर्तन आएको अध्ययनले देखाएको छ । 

कुकाबुरा, म्याग्पी र लोरिकेट्सलगायत पाँच वटा सामान्य अस्ट्रेलियाली प्रजातिमा गरिएको अध्ययनले करिब छ प्रतिशत चरामा एउटा लिङ्गको क्रोमोजोम तर अर्को लिङ्गको प्रजनन अङ्ग रहेको पाइएको थियो । युनिभर्सिटी अफ सनशाइन कोस्टका अनुसन्धाताका अनुसार यो अध्ययनले आश्चर्यजनक रुपमा ठूलो संख्यामा चराहरुले जन्मपछि आफ्नो लिङ्ग परिवर्तन गरेको देखाएको छ ।

अध्ययनका सहलेखक डोमिनिक पोटभिनले भने, “यसले के देखाउँछ भने जङ्गली चरामा लिङ्ग निर्धारण हामीले सोचेको भन्दा बढी तरल हुन्छ र वयस्क अवस्थासम्म पनि कायम रहन सक्छ ।” अध्ययनमा करिब ५०० चराको डिएनए परीक्षण गरिएको थियो । अधिकांश लिङ्ग परिवर्तन सम्बन्धी घटनामा आनुवंशिक रूपमा पोथी चराहरूमा भाले ‘गोनाड’हरू हुर्किइरहेको पाइएको हो । 

“हामीले प्रजनन रूपमा सक्रिय आनुवंशिक रूपमा सक्रिय भाले कुकाबुराको ‘फोलिकल्स’ र एक विच्छेदित डिम्बवाहिनी विकसित भएको पायौँ, जसले हालैको अण्डा उत्पादनलाई सङ्केत गर्दछ,” पोटविनले भन्नुभयो । सरीसृप र माछाका केही प्रजातिहरूमा ‘लिङ्ग परिवर्तन’ का घटना यस अघि नै ज्ञात भइसकेको तथ्य हो तर जङ्गली पङ्क्षी र स्तनधारीहरूमा यो दुर्लभ मानिन्छ ।

प्रदूषक र तातो तापक्रमले भ्यागुताहरूमा हुने यौन उत्क्रमणलाई कसरी पत्ता लगाउन सकिन्छ भनेर वैज्ञानिकहरूले दस्तावेजीकरण गरेका छन् । युनिभर्सिटी अफ द सनशाइन कोस्टको अध्ययनअनुसार जङ्गली चरामा लिङ्ग परिवर्तन ९सेक्स रिभर्सल० हुनुको कारण स्पष्ट हुन सकेको छैन । 

हर्मोन–अवरोधक रसायनहरू जङ्गली क्षेत्रहरूमा निर्माण हुन्छन् । त्यसैले यो वातावरणीय कारकहरूको कारण परिवर्तन भएको हुन सक्छ । पोटभिनले भने, “संरक्षण र चरा अनुसन्धानको शुद्धता सुधार गर्न लिङ्ग परिवर्तन कसरी र किन हुन्छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । यो अनुसन्धानमुलक अध्ययनको निश्कर्ष यसै साता ‘पियर रिभ्यु जर्नल बायोलोजी लेटर्स’मा प्रकाशित भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोष्टमार्टम रिपोर्ट : सिर्जना बुढामगरको मृत्यु जलनकै कारण

खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...

काठमाडौंमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्ब...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनस...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

बालाजुका २२ धाराबाट जल प्रवाह

काठमाडौँ। बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending