विराटनगर । विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।
हिजो र अस्ती धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा) खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन ।
यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् । खतिवडाका अनुसार भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा ब्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।
जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।
अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा
बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए ।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नु भयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’
पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखे पछि अहिले एमाले भित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाइ रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्द पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: