काठमाडौँ । चक्रे मिलनका रूपमा चिनिएका मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।
प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले साउन १३ गते मंगलबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन्।
पहिलोपटक यस्तो कसुरमा जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भए पनि चक्रे मिलनसहितका व्यक्तिहरूले पटक–पटक यस्ता अपराध दोहोर्याएकाले यसपटक मुद्दा अदालतमा लगिएको हो।
कस–कसविरुद्ध मुद्दा ?
गोरखाका मिलन गुरुङ (चक्रे मिलन) सँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश र राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलसहित १९ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको हो।
त्यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँकै चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र ‘सफल’ नामले चिनिने सुजल शाहीसमेत अभियुक्तमा परेका छन्।
साउन १६ गते राति चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउने क्रममा उनीहरूले सार्वजनिक स्थानमा त्रास फैलाउने, सडक अबरुद्ध गर्ने, घरेलु हतियार प्रदर्शन गर्ने र चिच्याउँदै अश्लील भाषा प्रयोग गर्नेजस्ता गतिविधि गरेको आरोप छ।
उनीहरूको उक्त गतिविधिका भिडियोहरू सामाजिक सञ्जालमा समेत फैलिएको बताइएको छ। प्रहरीले घटनास्थलबाट दुई थान खुकुरी, एक थान स्प्रे, र दुई थान फलामको रडसमेत बरामद गरेको थियो।
उक्त गतिविधिका क्रममा प्रहरी पुग्दा उनीहरूले प्रहरीलाई समेत गालीगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार प्रदर्शन गरेको अभियोगपत्रमा उल्लेख छ।
अघिल्ला मुद्दा पनि खुले
चक्रे मिलनसहित केही आरोपी यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भई पक्राउ परेका थिए।
गणेशबहादुर बोगटीलाई २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार जरिवाना तोकिएको थियो।
डिल्लीराज कँडेल र रितिक थापा पनि यसअघि अभद्र व्यवहारकै मुद्दामा जरिवाना र कैद भोगिसकेका छन्। हाल अदालतमा बकपत्र सुरु हुने तयारीमा छ। बकपत्रपछि थुनछेक आदेश हुनेछ।
यता चक्रे मिलनविरुद्ध भक्तपुरमा ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत छुट्टै मुद्दा दर्ता गर्ने तयारी समेत भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: