Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

थाहा पाउँनुहोस् आजको सागसब्जी र फलफूलको थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्न प्रकार छन् । 

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो २५, काउली स्थानीय प्रतिकिलो १००, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ११०, काउली तराई प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला लोकल प्रतिकेजी २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ । 

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राज्मा) प्रतिकिलो १४०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९० र भिण्डी प्रतिकिलो ६५ कायम गरिएको छ । 

त्यसै गरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५५, रायोसाग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ५०, तोरीको साग प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ५००, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो २६०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो २१०, गान्टेमुला प्रतिकिलो ९०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३३०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ४००, आँप (माल्दह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, आँप (चोसा) प्रतिकिलो १८०, सुन्तला (नेपाली) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, रुखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाल) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५०, र लप्सी प्रतिकिलो ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६०, खुर्सानी हरियो माछे प्रतिकिलो ७०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो १००, हरियो धनियाँ प्रतिकिलो ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो १८०, छ्यापी हरियो प्रतिकिलो १३०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३००, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending