Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

पूर्वका झापा, इलाम, पाँचथर लगायतका जिल्लाहरुमा आकस्मिक बाढीको उच्च जोखिम

खबरडबली संवाददाता

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। यसले गर्दा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । 

साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

12

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending