मकवानपुर। नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिए।
एमालेबाट बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका एक जना बाहेक सबै नयाँ अनुहार सरकारमा जाने भएका छन् । लामा नेतृत्वको सरकारमा रहेका किरण थापा नयाँ सरकारमा दोहोरिने गरी निर्णय भएको नेता थपलियाले बताए । थापाले पुन: स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएको छन् ।
यस्तै, मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा। दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने गरी सरकारमा पठाइने नेता थपलियाले बताए।
कांग्रेसबाट सरकारमा जानेमा शिवराज अधिकारी र प्रभात तामाङको नाम चर्चामा छ । पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले सरकारमा जाने मन्त्रीका बारेमा अझै छलफल चलिरहेको बताए। उनका अनुसार कांग्रेसबाट पहिलो चरणमा दुई जनासम्म र विश्वासको मत लिएपछि भागमा परेका मन्त्रालयमा नियुक्ति गर्ने गरी छलफल भइरहेको छ ।
यसैबिच बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण मङ्गलबार हुने भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदको दाबी गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेको समय दिउँसो २ बजे सकिँदै छ । उक्त आह्वान गरे लगत्तै नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार दाबी पेस गरिएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटासमक्ष प्रदेश सभाका दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबीपेस गरेका हुन् । अर्को दाबी नपरेमा दुई ठुला दलको दाबी अनुसार कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मङ्गलबार दिउँसो बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने गरी तय भएको छ । मुख्यमन्त्रीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको शपथ ग्रहण गराइने भएको छ ।
बानियाँले कांग्रेसको ३७ जना र एमालेका २७ प्रदेश सभा सदस्यसहित ६४ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेको हो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्यको बहुमत आवश्यक हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: