Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै

खबरडबली संवाददाता

मकवानपुर। नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिए। 

एमालेबाट बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका एक जना बाहेक सबै नयाँ अनुहार सरकारमा जाने भएका छन् । लामा नेतृत्वको सरकारमा रहेका किरण थापा नयाँ सरकारमा दोहोरिने गरी निर्णय भएको नेता थपलियाले बताए । थापाले पुन: स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएको छन् । 

यस्तै, मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा। दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने गरी सरकारमा पठाइने नेता थपलियाले बताए। 

कांग्रेसबाट सरकारमा जानेमा शिवराज अधिकारी र प्रभात तामाङको नाम चर्चामा छ । पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले सरकारमा जाने मन्त्रीका बारेमा अझै छलफल चलिरहेको बताए। उनका अनुसार कांग्रेसबाट पहिलो चरणमा दुई जनासम्म र विश्वासको मत लिएपछि भागमा परेका मन्त्रालयमा नियुक्ति गर्ने गरी छलफल भइरहेको छ । 

यसैबिच बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण मङ्गलबार हुने भएको छ । 

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदको दाबी गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेको समय दिउँसो २ बजे सकिँदै छ । उक्त आह्वान गरे लगत्तै नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार दाबी पेस गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटासमक्ष प्रदेश सभाका दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबीपेस गरेका हुन् । अर्को दाबी नपरेमा दुई ठुला दलको दाबी अनुसार कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मङ्गलबार दिउँसो बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने गरी तय भएको छ । मुख्यमन्त्रीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको शपथ ग्रहण गराइने भएको छ ।

बानियाँले कांग्रेसको ३७ जना र एमालेका २७ प्रदेश सभा सदस्यसहित ६४ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेको हो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्यको बहुमत आवश्यक हुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending