Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मल लिन बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात कोहलपुर फर्किए कोहलपुरका किसान

खबरडबली संवाददाता

खजुरा। बाँकेको कोहलपुर ११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।

सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली बोरा समाएर सयौँको संख्यामा किसानहरु सहकारीको गेटबाहिर लामो लाइनमा बसे । घण्टौँ लाइनमा बस्दासमेत उनीहरुले मल पाएनन् र ११ बजेतिर अन्तत: रित्तो बोरा लिएर घर फर्कनु पर्‍यो ।

“सहकारीको सूचना अनुसार हामी बिहानै ४–५ बजेदेखि नै लाइन लागेर बस्यौँ, अहिले सूचना जारी गरेर आज मल वितरण हुँदैन भनेर जानकारी गराए, ८ वर्ष भयो यो सहकारीको शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल यहाँबाट लैजान पाएको छैन ।” कोहलपुर १३ का किसान लालबहादुर बुढाले भन्नुभयो, “अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।”

अर्का किसान शेरबहादुर खड्काले बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दु:खेसो पोखे। “टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्छ ।” उनले भने, “न समयमा मल पाइन्छ, न बीउ पाइन्छ, न सिँचाइ छ, आकासे भरमा खेती गर्ने हो तर समयमै केही पनि नपाउँदा कसरी हामीले उत्पादन गर्न सक्छौँ, के खाने, के खुवाउने ?”

“अहिलेसम्म छ पटक आइसकेँ, कुपन पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने, मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दु:ख छ, नेताहरु किसानका समस्या समाधान गर्छौँ भन्छन्, ठुलाठुला भाषण गर्छन्, तर हामीले २० किलो मल पाउन पनि यो हालत छ ।” कोहलपुर १२ का किसान आसिराम सार्कीले भने, “अरु के आशा गर्नु रु यो पटकमात्र होइन हरेक वर्षको समस्या हो यो, किसानले कहिल्यै राहत नपाउने भए, कसलाई के भन्ने र ?”

सहकारीले साढे दश बजेतिर एक सूचना जारी गर्दै मल वितरण गर्ने कार्य बढी भिडभाड भएका कारण भन्दै स्थगित गरेको जानकारी गरायो । उक्त सूचना हेरेपछि जम्मा भएका किसान अल्ल न मल्लमा परे । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरण गर्ने भनी कुपनसमेत वितरण गरिएको तर मल वितरण गर्दा बढी भिड भएकाले मल वितरणमा समस्या आएका कारण कुपन पाएका किसानहरु सोमबार बिहान १० बजेपछि कुपन लिएर आएमा मल पाउने भनेर उल्लेख गरिएको छ । सूचनामा कुपन नपाएका किसानहरुले अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गरिने जनाइएको छ ।

सहकारीका अध्यक्ष पारसनाथ थारुले सहकारीको सदस्य संख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताउनुभयो । “हामीलाई आवश्यक मल सरकारले दिँदैन्, मागअनुसारको मल पुर्‍याउन सक्दैन्, हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, जे जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा कुझ्दैनन्, उनीहरुले सहकारीले मल दिएन भन्छन्, तर हामीसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्नु ?” उनले भने,  “नगरपालिकाअन्तर्गत रहेको नगर कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरुका पाँच सातसय सदस्य छन्, हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबार भाग लगाएर हामीलाई मल दिइन्छ अनि कसरी माग धान्न सक्छौँ हामीले ?”

उनले असार महिनामा आएको १८० बोरी युरीया मल वितरण गरिएको तर अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको बताए। “असारमा आएको १८० बोरी युरीया मल वितरण गर्‍यौं, अहिले २०० बोरी आएको छ, यो वितरण गर्न भनेर गत मङ्गलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ ।” उनले भने, “सोही मल आजलाई वितरण गर्ने योजना बनाएर ३५० वटा कुपन वितरण गर्‍यौं, बिहानैबाट किसानको लाइन थियो, भिडभाड थियो, कुपन पाएका किसानलाई सहकारीको गेट बन्द गरेर भित्र वितरण गर्न थालेका थियौँ, बाहिरबाट सयौँको संख्यामा रहेका अन्य किसानहरुले गेट तोडर भित्र पस्नुभयो र आजपनि वितरण गर्न सकेनौँ ।”

“सम्बन्धित ठाउँमा समन्वय गर्दा साउन अन्तिम नभए भदौ पहिलो साता मल आउँछ भन्छ, कोटा निर्धारण गर्दा सम्बन्धितले सदस्य संख्या हेरेर मल दिनुपर्‍यो, अरुलाई १०० बोरी दिँदा हामीलाई ३–४०० बोरी दिनुपर्‍यो ।” अध्यक्ष थारुले भने, “हामी पनि किसानै हौँ, हामीलाई किसानका पीडा थाहा छ तर के गर्न सक्छौँ हामी ? अन्य किसानहरुले बुझिदिनुपर्‍यो, सरकारले व्यवस्थापन गर्दैन्, समयमा मागअनुसारको मल दिँदैन्, यसमा हाम्रो गल्ती छैन्, सरकाले तत्काल यो समस्या समाधान गर्न पहल गरोस् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending