Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

मल लिन बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात कोहलपुर फर्किए कोहलपुरका किसान

खबरडबली संवाददाता

खजुरा। बाँकेको कोहलपुर ११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।

सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली बोरा समाएर सयौँको संख्यामा किसानहरु सहकारीको गेटबाहिर लामो लाइनमा बसे । घण्टौँ लाइनमा बस्दासमेत उनीहरुले मल पाएनन् र ११ बजेतिर अन्तत: रित्तो बोरा लिएर घर फर्कनु पर्‍यो ।

“सहकारीको सूचना अनुसार हामी बिहानै ४–५ बजेदेखि नै लाइन लागेर बस्यौँ, अहिले सूचना जारी गरेर आज मल वितरण हुँदैन भनेर जानकारी गराए, ८ वर्ष भयो यो सहकारीको शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल यहाँबाट लैजान पाएको छैन ।” कोहलपुर १३ का किसान लालबहादुर बुढाले भन्नुभयो, “अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।”

अर्का किसान शेरबहादुर खड्काले बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दु:खेसो पोखे। “टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्छ ।” उनले भने, “न समयमा मल पाइन्छ, न बीउ पाइन्छ, न सिँचाइ छ, आकासे भरमा खेती गर्ने हो तर समयमै केही पनि नपाउँदा कसरी हामीले उत्पादन गर्न सक्छौँ, के खाने, के खुवाउने ?”

“अहिलेसम्म छ पटक आइसकेँ, कुपन पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने, मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दु:ख छ, नेताहरु किसानका समस्या समाधान गर्छौँ भन्छन्, ठुलाठुला भाषण गर्छन्, तर हामीले २० किलो मल पाउन पनि यो हालत छ ।” कोहलपुर १२ का किसान आसिराम सार्कीले भने, “अरु के आशा गर्नु रु यो पटकमात्र होइन हरेक वर्षको समस्या हो यो, किसानले कहिल्यै राहत नपाउने भए, कसलाई के भन्ने र ?”

सहकारीले साढे दश बजेतिर एक सूचना जारी गर्दै मल वितरण गर्ने कार्य बढी भिडभाड भएका कारण भन्दै स्थगित गरेको जानकारी गरायो । उक्त सूचना हेरेपछि जम्मा भएका किसान अल्ल न मल्लमा परे । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरण गर्ने भनी कुपनसमेत वितरण गरिएको तर मल वितरण गर्दा बढी भिड भएकाले मल वितरणमा समस्या आएका कारण कुपन पाएका किसानहरु सोमबार बिहान १० बजेपछि कुपन लिएर आएमा मल पाउने भनेर उल्लेख गरिएको छ । सूचनामा कुपन नपाएका किसानहरुले अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गरिने जनाइएको छ ।

सहकारीका अध्यक्ष पारसनाथ थारुले सहकारीको सदस्य संख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताउनुभयो । “हामीलाई आवश्यक मल सरकारले दिँदैन्, मागअनुसारको मल पुर्‍याउन सक्दैन्, हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, जे जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा कुझ्दैनन्, उनीहरुले सहकारीले मल दिएन भन्छन्, तर हामीसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्नु ?” उनले भने,  “नगरपालिकाअन्तर्गत रहेको नगर कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरुका पाँच सातसय सदस्य छन्, हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबार भाग लगाएर हामीलाई मल दिइन्छ अनि कसरी माग धान्न सक्छौँ हामीले ?”

उनले असार महिनामा आएको १८० बोरी युरीया मल वितरण गरिएको तर अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको बताए। “असारमा आएको १८० बोरी युरीया मल वितरण गर्‍यौं, अहिले २०० बोरी आएको छ, यो वितरण गर्न भनेर गत मङ्गलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ ।” उनले भने, “सोही मल आजलाई वितरण गर्ने योजना बनाएर ३५० वटा कुपन वितरण गर्‍यौं, बिहानैबाट किसानको लाइन थियो, भिडभाड थियो, कुपन पाएका किसानलाई सहकारीको गेट बन्द गरेर भित्र वितरण गर्न थालेका थियौँ, बाहिरबाट सयौँको संख्यामा रहेका अन्य किसानहरुले गेट तोडर भित्र पस्नुभयो र आजपनि वितरण गर्न सकेनौँ ।”

“सम्बन्धित ठाउँमा समन्वय गर्दा साउन अन्तिम नभए भदौ पहिलो साता मल आउँछ भन्छ, कोटा निर्धारण गर्दा सम्बन्धितले सदस्य संख्या हेरेर मल दिनुपर्‍यो, अरुलाई १०० बोरी दिँदा हामीलाई ३–४०० बोरी दिनुपर्‍यो ।” अध्यक्ष थारुले भने, “हामी पनि किसानै हौँ, हामीलाई किसानका पीडा थाहा छ तर के गर्न सक्छौँ हामी ? अन्य किसानहरुले बुझिदिनुपर्‍यो, सरकारले व्यवस्थापन गर्दैन्, समयमा मागअनुसारको मल दिँदैन्, यसमा हाम्रो गल्ती छैन्, सरकाले तत्काल यो समस्या समाधान गर्न पहल गरोस् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending