Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुरु भयो राखीको चहलपहल

खबरडबली संवाददाता

महोत्तरी । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ ।

साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । 

यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आउने शनिबार राखी पर्व मनाइँदैछ ।

पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जँदा छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बन्दो छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्वविशेषमा दिदीबहिनीको चासो र सरिकता बढ्दो छ । अहिले मिथिलामा किशोरी र नवयौवना मिथिलानी एकआपसमा भेट हुँँदा गरिने कुराकानी राखीकै तयारीसँग जोडिएको हुने गरेको छ ।

पर्व आउन एक सातामात्र बाँकी हुँदा दिदीबहिनी आफ्ना दाजुभाइ को कहाँ छन् ? सोधखोज गर्न लागेका छन् । दाजुभाइलाई राखी बाँध्न निम्ता दिनु, आफ्ना दाजुभाइको नाडीमा सुहाउने राखी ठम्याउनु र पर्वका दिन ख्वाउने सरदामबारे तयारी गर्नु मिथिलानीको अहिलेको प्रमुख काम हुने गरेको छ ।

“मैले त भारतको मद्रासमा काम गरिरहनुभएका दाजुलाई राखीको निम्ता दिए, उहाँ आउने/नआउने निधो भने छैन”, भङ्गाहा–४ की १७ वर्षीया खुश्बु ठाकुर भन्छिन् । दाजु आउन नपाए पनि उनको राखी सुरक्षित राखेर घर आउँदा दिइने खुश्बुको भनाइ छ । मिथिलामा कामविशेषले बाहिर गएका दाजुभाइ पर्वमा आउन नसक्ने हुँदा पहिलेपहिले खामबन्दी गरी हुलाकबाट पठाइने चलन थियो । अब भने सूचना प्रविधिको विकासले दिनदिनै मोबाइलमा दाजुभाइ हेरेरै कुरा गर्न पाइन थालेपछि यो चलन हराउँदै गएको मिथिलानी सम्झन्छन् ।

यो पर्व विवाहित चेलीले दाजुभाइ आफ्नै घरमा बोलाएर वा माइत आएर मनाउँछन् । अविवाहित चेलीहरूको त दाजुभाइसँगैको एउटै घर भएपछि पर्व मनाउन सहज नै बन्दछ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीचका मुख्य तीनवटा पर्व परम्परा छन् । साउन शुक्ल पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज (भाइटीका) र कात्तिक शुक्लपक्षकै सामाचकेवा । तीनै पर्वमध्ये राखी वर्षको पहिलो पर्व हुँदा यो विशेष रहँदै आएको बर्दिबास–२ की १८ वर्षीया कीर्ति महतो बताउछिन् । 

“हामी तीनवटै पर्व हाँसीखुसी मनाउँछौँ, यो (राखी) पहिलो हुँदा बढी रमाइलो लाग्छ”, उनी भन्छिन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी चेलीहरूको चहलपहल ह्वात्तै बढेको छ । अहिले साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरले पर्वविशेषमा राखी पर्वको अवसर पारेर दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको छ ।

दिदीबहिनीको यो तयारीबीच दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउने योजना बुन्दैछन् । घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरू दङ्ग देखिन्छन् । 

“अइबेर भैया राखीमे ऐबे कर्ता, हम बात कैली” (यसपालि दाजु राखीमा आउने पक्का भयो) भारतको पञ्जावमा रहेका दाजुसँग कुरा गरेकी लोहारपट्टी–१ बगडाकी सुधा दास भन्छिन्, “तीन सादवाद अइबेर पवनीमे भाइबहनके भेट होयवाक निश्चित भेल” (तीन वर्षपछि पर्वमा यसपालि दाजुबहिनीको भेट हुने भएको छ) ।
 
पर्वलाई लक्षित गरी अहिले व्यापारी पनि रङ्गीबिरङ्गी राखी पसलमा सजाउन व्यस्त देखिन्छन् । पर्वका लागि विभिन्न प्रकारका राखीको माग हुने गरेको हुँदा अहिले आफू दिनरात नभनी पसलमा सामान जुटाउन व्यस्त रहेको बर्दिबास–१ भेलावसन्तचोकस्थित शिवम् भण्डारका सञ्चालक श्याम महतो बताउनुहुन्छ । 

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा विश्वास गरिन्छ । पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरूले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् ।

पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । खासगरी इस्लाम धर्मावलम्बी युवाहरू आफ्ना हिन्दू साथीका दिदीबहिनीका हातबाट राखी बाँध्ने गरेका छन् । यो पर्वको व्यापकताले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धिमा बल दिएको भङ्गाहा–३ का  समाजशास्त्री शिवराज दाहाल बताछिन्।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending