काठमाडौं । नेकपा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत र सांगठनिक अन्तरसंघर्ष चुलिँदै गएको बेला पूर्वमन्त्री तथा पार्टी नेता शिवकुमार मण्डलले गम्भीर राजनीतिक टिप्पणी गरेका छन्।
नेता मण्डलले हालको सरकार, पार्टीको आन्तरिक अवस्था र देशको समसामयिक चुनौतीमाथि स्पष्ट धारणा सार्वजनिक गर्दै, “हामी एउटा यस्तो मोडमा उभिएका छौं, जहाँ सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाइन्छ,” भन्दै पार्टी नेतृत्वप्रति आलोचना गरेका छन्।
उनले अध्यक्ष प्रचण्ड सरकारमा सुशासनका लागि समर्पित भएको समय सम्झाउँदै, मोरङका सांसद डा. सुनिल शर्माले तत्कालीन अर्थमन्त्री अनन्त कमरेडलाई “इतिहासकै उत्कृष्ट अर्थमन्त्री” भनेको प्रसंग स्मरण गरे। तर उनले प्रष्ट पारे — त्यस्तो विरोध र प्रशंसा सामान्य थिएन, त्यो हामी कहाँ उभिएका छौं भन्ने गम्भीर प्रश्न थियो।
पूर्वको नोबेल मेडिकल अस्पतालको सेयर काण्डलाई उदाहरण दिँदै उनले पार्टी भित्रका केही नेताको घृणित चरित्र जनताले बिर्सेका छैनन् भने। “सरकारसँगको ‘भिजिट भिसा’ सहमतिले हामीलाई अन्तर्राष्ट्रिय जगतमा नैतिक रूपमा कमजोर बनायो,” उनको आरोप छ।
नेता मण्डलले आउँदो मंसिरमा हुने विशेष महाधिवेशनलाई “वैचारिक पुनर्जागरणको थलो” बनाउनु पर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार, सत्ताको शीर्ष तहबाटै विचारको केन्द्र भत्काउने योजना चलाइएको छ र पार्टीमा माफियावादी अभ्यास मौलाउँदै गएको छ।
शर्माले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिने प्रवृत्ति देखिएको भन्दै मण्डलले चेतावनी दिएका छन् — “न पार्टी जोगिन्छ, न देश।” उनी भन्छन्, “साँचो सुशासन चाकरी र चाप्लुसीमा होइन, जवाफदेहिता र विधिपद्धतिमा आधारित हुन्छ।”
उनले विगतमा केपी शर्मा ओलीलाई विधि मिचेर माफियासँगको दलालीमा सहभागी गराउने गल्तीलाई पनि स्मरण गर्दै भने, “ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो।”
नेता मण्डलले वर्तमान समयलाई “आत्मसमीक्षा” को ऐतिहासिक क्षण भन्दै, संविधान संशोधन, आर्थिक पुनःसंरचना, र पार्टी पुनर्गठनलाई अविलम्बको आवश्यकता भएको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: