काठमाडौं । प्रहरीले राजधानीको ठमेल र महाराजगन्ज क्षेत्रमा सक्रिय गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना भन्दा बढी छन्।
चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिइएको हो। उनी यसअघि पनि २०७४ साल वैशाख २६ गते महाराजगन्जबाटै पक्राउ परेका थिए, तर पछि छुटेका थिए।
गुण्डागर्दी नियन्त्रण गर्न काठमाडौंका एसएसपी विश्व अधिकारीको नेतृत्वमा बिहीबार रातभर व्यापक अपरेशन सञ्चालन गरिएको थियो। उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङका अनुसार अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइँदैछ र संख्या यकिन हुँदैछ।
यसै क्रममा साउन १५ गते बिहान ३ बजे, ठमेलस्थित एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ ‘सानुभाइ’लाई पक्राउ गरिएको थियो। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्काे समूहसँग झगडा भएपछि उनलाई पक्राउ गरिएको हो।
सानुभाइको वास्तविक नाम युवराज गुरुङ हो र उनी नुवाकोटको ककनी गाउँपालिका–५ घर भई टोखा स्थित सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुन्डा कुमार श्रेष्ठ ‘घैँटे’का नजिकका सहयोगी हुन्।
रेष्टुरेन्ट र नाइट क्लबहरूमा बसेर हप्ता असुल्ने, झैझगडा गर्ने लगायतको गुनासो बढेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले संयुक्त रूपमा गुण्डागर्दीविरुद्ध विशेष अपरेशन सञ्चालन गरेको हो।
पक्राउ परेकाहरूलाई प्रारम्भिक ‘स्क्रिनिङ’ गरेर विस्तृत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: