Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नाउपाले आज नयाँ अध्यक्ष चयन गर्दै, तीन नाम चर्चामा

खबरडबली संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि नयाँ बानेश्वरमा बस्दैछ। भेला संयोजक रामलाल डगौराका अनुसार, आजको बैठकमा नयाँ अध्यक्ष चयन गर्ने प्रमुख कार्यसूची रहेको छ।

बुधबार सम्पन्न बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय पारित गरेको थियो। उनी पार्टीको साधारण सदस्यबाट समेत निष्कासनमा परेकी छन्। 

पोखरास्थित लिचीबारी जग्गा प्रकरणमा संलग्न भएको आरोपमा श्रेष्ठलाई अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण मागेको थियो। 

तर उनले कुनै जवाफ नदिएपछि वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। यद्यपि, बास्तोला आजको भेलामा पनि अनुपस्थित छन्।

श्रेष्ठको पदमुक्तिपछि नयाँ अध्यक्षको चयन अपरिहार्य बनेको छ। हाल अध्यक्ष पदका आकांक्षीहरूमध्ये रामलाल डगौरा, गंगा चौधरी र लालवीर चौधरीको नाम प्रमुख रूपमा चर्चामा छ। 

गंगा चौधरी नाउपाको संसदीय दलकी नेतृ हुन्, रामलाल डगौरा टीकपुर नगरपालिकाका मेयर हुन् भने लालवीर चौधरी पार्टी संरक्षक रेशम चौधरीका पिता तथा स्वतन्त्र सांसद हुन्। उनी बर्दियाबाट नाउपाको समर्थनमा निर्वाचित भएका थिए।

यद्यपि, पार्टीको नेतृत्व चयनका सम्बन्धमा कानुनी अन्योल कायम छ। एक केन्द्रीय सदस्यका अनुसार, पार्टीको विधानले अध्यक्षलाई सर्वेसर्वा बनाएको हुँदा महाधिवेशनबाहेक उनलाई हटाउने प्रावधान छैन। ती सदस्यका अनुसार रञ्जिता श्रेष्ठले कानुनी सल्लाहका आधारमा कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।

२०८० पुसको अन्तिम साता सम्पन्न राष्ट्रिय महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरे पनि निर्वाचन आयोगले त्यसलाई अद्यावधिक नगरेपछि पार्टी पुरानै संरचनामा फर्किएको थियो। 

यसविरुद्ध संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सो मुद्दा विचाराधीन भएकाले आयोगबाट नयाँ कार्यसमिति दर्ता हुन नसक्ने अवस्था कायम छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending