Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

रुसमा शक्तिशाली भूकम्प : जापानमा सुनामीको असर

खबरडबली संवाददाता

टोकियो। रुसको कामचटका प्रायद्वीप नजिक समुद्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। जापान मौसम विभागले सुनामीको उचाइ ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सुनामीको असर देशको उत्तरको होक्काइदोदेखि पश्चिमको वाकायामा प्रिफेक्चरसम्म परेको छ। तटीय क्षेत्रमा रेल, सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् भने २०११ मा क्षतिग्रस्त भएको फुकुसीमा दाइइचि आणविक ऊर्जा केन्द्रबाट विकिरणयुक्त प्रशोधित पानीको समुद्रमा निकास तत्काल रोकिएको छ।

मौसम विभागका अनुसार हालसम्म सबभन्दा उच्च ६० सेन्टिमिटर उचाइको सुनामी लहर अपराह्न १ बजेपछि होक्काइदोको हामानाका सहर र इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा देखिएको हो। टोकियोको हरुमी तटीय क्षेत्रमा पनि २० सेन्टिमिटर उचाइको सुनामी पुगेको पुष्टि गरिएको छ।

जापानको क्योदो समाचार समितिका अनुसार, सूनामीका असरहरू आइची, कागोशिमा, मियाजाकी र ओकिनावा प्रिफेक्चरहरूमा पनि देखिएका छन्।

प्रधानमन्त्री शिगेरु इशिबाले जनता सुरक्षित हुन सकून भनेर सबै सम्भावित उपायहरू अपनाइने बताएको छ । उनले सम्बन्धित मन्त्रालय र निकायहरूलाई क्षति न्यूनीकरणका लागि तत्काल कदम चाल्न निर्देशन पनि दिएको छन ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले बिहानै पत्रकार सम्मेलन गर्दै सुनामीको चेतावनी दिइएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । 

रुसी समाचार संस्था टास्सका अनुसार कामचटका केही क्षेत्रमा ३ देखि ४ मिटर उचाइका सुनामी लहर देखिएका छन्।

प्रारम्भमा ८.० म्याग्निच्युडको रूपमा मापन गरिएको भूकम्पपछि जापान मौसम विभागले सुनामी सल्लाह जारी गरेको थियो, तर पछि भूकम्पको तीव्रता ८.८ मा संशोधन भएपछि सुनामी चेतावनीमा परिणत गरिएको हो। 

सुनामीको चेतावनीपछि मियागी प्रिफेक्चरको सेन्दाई विमानस्थलमा धावनमार्ग बन्द गरिएको छ भने तटीय क्षेत्रमा चल्ने रेलसेवा अवरुद्ध गरिएका छन् । 

फुकुसिमा आणविक ऊर्जा केन्द्रमा कार्यरत श्रमिकहरूलाई सुरक्षित स्थानमा लगिएको छ भने बिहान ९:०५ बजेबाट प्राकृतिक प्रकोपको आपतकालीन प्रक्रियाअनुसार विकिरणयुक्त पानीको निकास रोकिएको छ।

हालसम्म आणविक ऊर्जा केन्द्रहरूमा कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ।

जापान मौसम विभागका अनुसार यो पटकको सुनामी चेतावनी दिनभर कायम रहन सक्ने छ। विभागका एक अधिकारीले पत्रकार सम्मेलनमा भने, “हामी कम्तीमा एक दिनसम्म उच्च सुनामी लहरको सम्भावना रहेको अनुमान गरिरहेका छौं।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, निर्वाचनमार्फत आफ्नो मुद्दा अनुमोदन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...

विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार, एक युवक पक्राउ

सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...

एकताका बेला मलिन अनुहार बनाएका कुलमान घिसिङ १४ घण्टापछि बोले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending