टोकियो। रुसको कामचटका प्रायद्वीप नजिक समुद्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। जापान मौसम विभागले सुनामीको उचाइ ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सुनामीको असर देशको उत्तरको होक्काइदोदेखि पश्चिमको वाकायामा प्रिफेक्चरसम्म परेको छ। तटीय क्षेत्रमा रेल, सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् भने २०११ मा क्षतिग्रस्त भएको फुकुसीमा दाइइचि आणविक ऊर्जा केन्द्रबाट विकिरणयुक्त प्रशोधित पानीको समुद्रमा निकास तत्काल रोकिएको छ।
मौसम विभागका अनुसार हालसम्म सबभन्दा उच्च ६० सेन्टिमिटर उचाइको सुनामी लहर अपराह्न १ बजेपछि होक्काइदोको हामानाका सहर र इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा देखिएको हो। टोकियोको हरुमी तटीय क्षेत्रमा पनि २० सेन्टिमिटर उचाइको सुनामी पुगेको पुष्टि गरिएको छ।
जापानको क्योदो समाचार समितिका अनुसार, सूनामीका असरहरू आइची, कागोशिमा, मियाजाकी र ओकिनावा प्रिफेक्चरहरूमा पनि देखिएका छन्।
प्रधानमन्त्री शिगेरु इशिबाले जनता सुरक्षित हुन सकून भनेर सबै सम्भावित उपायहरू अपनाइने बताएको छ । उनले सम्बन्धित मन्त्रालय र निकायहरूलाई क्षति न्यूनीकरणका लागि तत्काल कदम चाल्न निर्देशन पनि दिएको छन ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले बिहानै पत्रकार सम्मेलन गर्दै सुनामीको चेतावनी दिइएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ ।
रुसी समाचार संस्था टास्सका अनुसार कामचटका केही क्षेत्रमा ३ देखि ४ मिटर उचाइका सुनामी लहर देखिएका छन्।
प्रारम्भमा ८.० म्याग्निच्युडको रूपमा मापन गरिएको भूकम्पपछि जापान मौसम विभागले सुनामी सल्लाह जारी गरेको थियो, तर पछि भूकम्पको तीव्रता ८.८ मा संशोधन भएपछि सुनामी चेतावनीमा परिणत गरिएको हो।
सुनामीको चेतावनीपछि मियागी प्रिफेक्चरको सेन्दाई विमानस्थलमा धावनमार्ग बन्द गरिएको छ भने तटीय क्षेत्रमा चल्ने रेलसेवा अवरुद्ध गरिएका छन् ।
फुकुसिमा आणविक ऊर्जा केन्द्रमा कार्यरत श्रमिकहरूलाई सुरक्षित स्थानमा लगिएको छ भने बिहान ९:०५ बजेबाट प्राकृतिक प्रकोपको आपतकालीन प्रक्रियाअनुसार विकिरणयुक्त पानीको निकास रोकिएको छ।
हालसम्म आणविक ऊर्जा केन्द्रहरूमा कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ।
जापान मौसम विभागका अनुसार यो पटकको सुनामी चेतावनी दिनभर कायम रहन सक्ने छ। विभागका एक अधिकारीले पत्रकार सम्मेलनमा भने, “हामी कम्तीमा एक दिनसम्म उच्च सुनामी लहरको सम्भावना रहेको अनुमान गरिरहेका छौं।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...
जेष्ठ ३० गते, २०८३ - १३:०५
हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...



प्रतिकृया लेख्नुहोस्: