Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

दिक्तेलका मेयर भट्टराईले सुरु गरे आमरण अनसन

खबरडबली संवाददाता

काठमाडौं । तीन दिनसम्म भोक हड्तालमा बसेका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताएको छन् । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गरेको बताए।  

बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने उहाँको माग छ ।

काठमाडौंबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतको माग नगरप्रमुख भट्टराईले राख्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईले सो माग राखेर साउन ११ गतेदेखि १४ गतेसम्म बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म भोक हड्तालमा बस्नुभएको छ । 

माग पूरा नभएसम्म सत्याग्रहमा बस्ने घोषणा गरेर काठमाडौँ जानुभएका प्रमुख भट्टराई भोक हड्तालबाट माग पूरा नभएपछि आमरण अनशन सुरु गर्नुभएको बताएको छन् । माग पूरा नभएसम्म अनशन नतोड्ने मेयर भट्टराईले बताए ।  

कपाल मुण्डन गरेर बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी ओछ्याएर अनशन सुरु गरेका प्रमुख भट्टराईले मृत्यु स्वीकार्न तयार रहेको तर अनशन नतोड्ने बताए । 

सरकारसँग वार्ताका लागि नगरपालिकाका उपप्रमुख विसन राईको संयोजकत्वमा समिति गठन गरिएको छ । तर हालसम्म सरकारी पक्षबाट कुनै ठोस सुनुवाइ भएको छैन ।  

कपाल मुन्डन गरेर, खाली खुट्टा भोक हडतालका लागि बाँस लिएर सिंहदरबारको दक्षिण गेटमा साउन ११ गते पुग्नुभएका प्रमुख भट्टराईलाई माइतीघर मण्डलामा लगेर नेपाल प्रहरीले छाडेको थियो । नगरप्रमुख भट्टराई माइतीघर मण्डलामा तीन दिनसम्म भोक हडतालमा बकेको थिए । सरकारी पक्षबाट माग पूरा नभएपछि उहाँले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक र पानी जहाज सञ्चालन विधेयक समितिमा पठाइयो

काठमाडौँ। प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित स...

ट्रम्पको कर दबाब: जयशङ्करद्वारा रूसी कम्पनीलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हु...

एनपिएलको दोस्रो संस्करण मसिंर १ देखि हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक व...

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जनता समाजवादी पार्टी,...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

रास्वपालाई योगेशले भने : नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो

प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ

कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्नुपर्छ: एमाले

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनी...

सम्पर्क कार्यालय आइपुगिन् पुर्व राष्ट्रपति भण्डारी

काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...

अपडेट: दार्चुला जिप दुर्घटना एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending