Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

दिक्तेलका मेयर भट्टराईले सुरु गरे आमरण अनसन

खबरडबली संवाददाता

काठमाडौं । तीन दिनसम्म भोक हड्तालमा बसेका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताएको छन् । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गरेको बताए।  

बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने उहाँको माग छ ।

काठमाडौंबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतको माग नगरप्रमुख भट्टराईले राख्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईले सो माग राखेर साउन ११ गतेदेखि १४ गतेसम्म बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म भोक हड्तालमा बस्नुभएको छ । 

माग पूरा नभएसम्म सत्याग्रहमा बस्ने घोषणा गरेर काठमाडौँ जानुभएका प्रमुख भट्टराई भोक हड्तालबाट माग पूरा नभएपछि आमरण अनशन सुरु गर्नुभएको बताएको छन् । माग पूरा नभएसम्म अनशन नतोड्ने मेयर भट्टराईले बताए ।  

कपाल मुण्डन गरेर बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी ओछ्याएर अनशन सुरु गरेका प्रमुख भट्टराईले मृत्यु स्वीकार्न तयार रहेको तर अनशन नतोड्ने बताए । 

सरकारसँग वार्ताका लागि नगरपालिकाका उपप्रमुख विसन राईको संयोजकत्वमा समिति गठन गरिएको छ । तर हालसम्म सरकारी पक्षबाट कुनै ठोस सुनुवाइ भएको छैन ।  

कपाल मुन्डन गरेर, खाली खुट्टा भोक हडतालका लागि बाँस लिएर सिंहदरबारको दक्षिण गेटमा साउन ११ गते पुग्नुभएका प्रमुख भट्टराईलाई माइतीघर मण्डलामा लगेर नेपाल प्रहरीले छाडेको थियो । नगरप्रमुख भट्टराई माइतीघर मण्डलामा तीन दिनसम्म भोक हडतालमा बकेको थिए । सरकारी पक्षबाट माग पूरा नभएपछि उहाँले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको थिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending