Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

भारतमा सडक दुर्घटनामा १८ हिन्दु तीर्थयात्रीको मृत्यु

खबरडबली संवाददाता

नयाँदिल्ली। मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण पमा जलेको थियो ।

स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दु तीर्थस्थलतर्फ जाँदै गरेको बताए

“बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ”, दुबेले सामाजिक सञ्जालमा भने।

तीर्थयात्रीहरूले संहारका हिन्दु देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गरे ।

उनको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, “झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दु:खद छ ।”

आधिकारिक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् ।

सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताए।

गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending