Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बहादुरको मुख्यमन्त्री पद संकटमा, संसदीय दलमा बानियाँको पक्षमा बहुमत पुग्ने निश्चित !

रातभर २३ सांसदलाई हेटौँडाको एक होटलमा राखेर सँगै लाने बानियाँको तयारी

खबरडबली संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङको पद अहिले संकटमा परेको छ। उनको नेतृत्वविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि निर्णय मंगलबार बिहान १० बजे हुने तय भएको छ।

सोमबार दिनभर चलेको औपचारिक तथा अनौपचारिक छलफलपछि कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि राजेन्द्र केसीले सहमतिको आधारमा अविश्वास प्रस्ताव टुंग्याउने प्रयास भइरहेको जानकारी दिए। 

"वर्तमान नेताले मार्ग प्रशस्त गर्ने भन्ने सहमति बनिरहेको छ," उनले भने, "तर त्यसको मोडालिटीमात्र टुंगिन बाँकी छ।"

यसबीच, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन्। उनी नेतृत्वमा रहेको समूहले आफ्नो पक्षमा २३ सांसदको समर्थन रहेको दाबी गरेको छ। बानियाँले यसअघि २१ सांसदको हस्ताक्षरसहित लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

तर तीमध्ये सांसद मिना पराजुली र माया श्रेष्ठले आफूहरूको असहमतिकाबीच हस्ताक्षर गरिएको भन्दै लामाको पक्षमा रहेको सार्वजनिक रूपमा बताएका छन्। तथापि, उनीहरूको विज्ञप्ति संसदीय दलको सचिवालयमा औपचारिक रूपमा दर्ता भइसकेको छैन, सचिव कृष्ण तामाङले जनाएका छन्।

बानियाँ पक्षले समर्थनमा रहेका २३ सांसदलाई हेटौँडाको एक होटलमा राखेर ‘होल्ड’मा राखेको स्रोतले जानकारी दिएको छ। "रातभर २३ सांसद हामीसँगै हुनुहुन्छ," कांग्रेसका एक पदाधिकारीले बताए, "आज बिहान १० बजे सँगै संसदीय दलको कार्यालयमा जानेछौँ।"

सांसदहरू अन्य पक्षमा जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै बानियाँ समूहले यस्तो रणनीति अपनाएको हो। ती पदाधिकारीका अनुसार, "२३ मत सुनिश्चित छन्, यदि केही मत घटे पनि लामा पक्षको तुलनामा बढी हुनेछ।"

दुवै पक्षबाट सांसदहरूलाई मन्त्री पदको आश्वासनसहित आ-आफ्नो पक्षमा पार्न प्रयास जारी रहेको कांग्रेस स्रोतको दाबी छ। यद्यपि अन्तिम निर्णय मंगलबार बिहान हुने स्पष्ट छ- चाहे सहमतिको आधारमा होस् या मत विभाजनबाट।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending