बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइबार पाण्डेलाई नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्रीले सम्हालेका थिए ।
पाण्डेको दल प्रदेश सरकारको वजेटमाथि छलफल भइरहेका प्रतिपक्षी दलहरुले वहिष्कार गरेका बेला बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्न गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।
यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री सहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । अब १२ जना मन्त्री भएका छन् । पाण्डे मन्त्री नियुक्त भएपछि उनको दलकभित्र विवाद उब्जिएको छ।
संसदीय दलका उपनेता कन्हैया बानियाले संसदीय दलमा कुनै छलफल र निर्णयविना पाण्डे मन्त्री नियुक्त भएको आफूहरुले सञ्चारमाध्यमबाट थाहा पाएको बताए । पाण्डे यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्। उनलाई सत्तालोलुप नेताको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न
पौष १८ गते, २०८२ - ११:२३
काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...
पौष १८ गते, २०८२ - ११:१९
काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...




प्रतिकृया लेख्नुहोस्: