Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भिजिट भिसा दुरुपयोगको जालो दुबईदेखि दिल्लीसम्म

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले दुबई र दिल्लीबाट यससम्बन्धी धन्दा सञ्चालन गरिरहेको खुलेको छ। दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले अनुसन्धानका क्रममा ११ जनालाई शंकाको घेरामा राखेको छ। ‘आज (आइतबार) हामीले ११ जनालाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेका छौं। उनीहरूविरुद्ध निवेदनसमेत परिसकेको छ,’ ब्युरोका एक प्रहरी अधिकारीले भने।

स्रोतका अनुसार नेपाल फर्काइएका महिलाले गिरोहमा संलग्न भन्दै ११ जनाको नामसहित निवेदन दिइसकेका छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले अनुमतिसमेत लिइसकेको छ।

नेपाली महिलालाई भारतबाट उद्धार गरेर ल्याइएपछि गिरोहमा संलग्न भनिएका  ११ जनाविरुद्ध अनुसन्धान सुरु भएको विषयलाई प्रहरीले गोप्य राखेको छ। दिल्लीस्थित विमानस्थलबाट बुधबार साँझ ४७ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको थियो। उनीहरूलाई माइती नेपालको कार्यालयमा राखिएको छ। ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले यस विषयमा अनुसन्धान भइरहेको बताए। ‘दिल्ली विमानस्थलबाट फिर्ता ल्याइएका महिलासँग सोधपुछ गरिरहेका छौं, थप अनुसन्धान हुँदै छ,’ पंगेनीले भने।

अहिले नै गिरोहमा कोको छन् भनेर अवस्था बनिनसकेको भन्दै उनले सबै कुरा बताउन अस्वीकार गरे।

भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो। ‘ती महिलालाई दिल्ली विमानस्थलबाट उद्धार गरेर ल्याइएको हो। उनीहरूलाई त्यहाँ कसले, किन र कसरी लगेको हो भन्नेमा अनुसन्धान भइरहेको छ,’ ब्युरो स्रोतले भन्यो।

उद्धार गरिएका महिलालाई काठमाडौं ल्याएर सुरक्षित रूपले सेफ हाउसमा राखेर मनोपरामर्श (काउन्सिलिङ) दिन थालिएको छ। ‘उनीहरूलाई नेपाल ल्याएर सेफ हाउसमा राखी काउन्सिलिङ गरिरहेका छौ,’ स्रोतले भन्यो। उनीहरूलाई नेपाल ल्याएपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए।  

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढको गुनासोसँगै मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदमसहित कडाइ गरेको छ। त्रिभुवन विमानस्थलमा कडाइ भएपछि भिजिट भिसा दुरूपयोग गिरोहले दिल्ली विमानस्थल प्रयोग गरी नेपालीलाई विभिन्न मुलुक पठाउन थालेको बुझिएको छ। ‘अहिले धेरैजसोले तेस्रो मुलुक जान दिल्ली विमानस्थल प्रयोग गरिरहेका छन्,’ अध्यागमन कार्यालयका एक कर्मचारीले भने।

गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ नयाँ अधिकृतलाई त्यहाँ खटाएको छ। त्रिभुवन विमानस्थलमा कडाइ गरिएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यसकारण तस्करहरूले काठमाडौंको सट्टा दिल्लीबाट पठाउन थालेको यो घटनाले पुष्टि गरेको छ।

अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ।

यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ। भिजिट भिसाका कारण लामो सयमदेखि सत्तापक्ष र प्रतिपक्षबिचमा जुहारी चल्दै आएको छ।

विपक्षी रास्वापले अहिलेसम्म संसद् बहिष्कार गरिरहेको छ। सरकारले भिजिट भिसालाई व्यवस्थित गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा एउटा कार्यदल बनाएर काम सुरु गरिसकेको छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending