दोधारा चाँदनी । सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउँछिन् ।
पछिल्लो समय पुख्र्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समूदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन । “हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो”, उनले भनिन्, “अहिले हिउँदको छ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षात्मा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।”
उनले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन् । “अहिलेसम्म हाम्रो जातीय पहिचान नै छैन, यसका लागि हामीले धेरै अनुरोध गर्यौैँ”, उनले भनिन्, “जाति सूचिकृत नहुँदा अन्य अल्पसङ्ख्यक समूदायले जस्तो राज्यबाट पाइने सुविधाबाट वञ्चित भएका छौँ ।”
बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समूदायले पटकपटक जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको मेघादेवी सुनाहा बताँछिन् । उनले निर्वाचनका समयमा मत माग्न आउने उम्मेदवारले जातीय पहिचान दिलाउने प्रतिवद्धता गरेपनि हालसम्म पुरा नगरेको गुनासो गरिन् ।
कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - ०९:३७
काठमाडौं । जापानले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनामा ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण दिने भएको छ । अत्यधिक ट्राफिक ज...
भाद्र ५ गते, २०८२ - ०९:२१
काठमाडौं । नेकपा एमालेले १३ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्नेगरी बैठक बोला...
भाद्र ५ गते, २०८२ - ०९:०७
काठमाडौं । अमेरिकी संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा अन्त्य गर्ने बाटो खुला गरिदिएको छ, जसले गर्द...
भाद्र ५ गते, २०८२ - ०८:५८
चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस ...
भाद्र ५ गते, २०८२ - ०८:०३
काठमाडौं । तराई मधेश केन्द्रित राजनीति गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रिय राजनीतिमा सधैं ‘दही...
भाद्र ५ गते, २०८२ - ०७:५५
कैलाली । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । ...
भाद्र ५ गते, २०८२ - ०७:४९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताएका छन् । सामाजिक, शैक्षिक...
भाद्र ५ गते, २०८२ - ०७:४४
काठमाडौं । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती (हीरक जयन्ती)को अवसर पारेर काठमाडौं थापागाउँमा पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्...
भाद्र ५ गते, २०८२ - ०७:२९
काठमाडौं । आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । आतङ्...
भाद्र ५ गते, २०८२ - ०७:२६
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ। ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्...
प्रतिकृया लेख्नुहोस्: