Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अधिनायकवाद भन्नेलाई जेल हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आइतबार चार प्रतिभालाई पुरस्कृत गरेको छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टा नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (रागी काइँला), भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित पुरस्कृत गरेको हो। 

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए। 

“अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरु र हामीलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेलाई थाहा  हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका विपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाएको छन्’’, प्रधानमन्त्री ओलीले भने, “राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युुनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा विपी प्रेरणाको मियो थिए। अब विपी कोइराला र पुुष्पलालहरु कुुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।’’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेको जननायक विश्वेश्वरप्रसाद ९विपी० कोइरालाले राजनीति र साहित्यमा दिनुुभएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending