ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो ।
मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।
हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिरहेको छ । डाइभर्सन निर्माणका कारण लिङ्तेप–थुकिमा सडक खण्ड बन्द भएपछि विकल्पका रुपमा थुकिमाको मुदुम्सको मुख्य मार्ग माश्रिङ स्वास्थ्यचौकी हुँदै मुङ्वाखोला–लिङ्तेप–कान्छी बजार सडक प्रयोग गर्न पनि गाउँपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
गाउँपालिकाले साउन २५ गते सम्ममा मङ्वाखोलाको डाइभर्सन निर्माण गरिसक्ने लक्ष्यसहित निर्माणको काम भइरहेको र काम सम्पन्न नभएसम्म सबैखाले यातायातका साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । उक्त सडक सदरमुकाम फुङ्लिङदेखि मेरिङ्देन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिका जोड्ने मुख्य सडकमा पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: