इलाम । माइजोगमाई–२ लोसेवासी एक महिनादेखि चितुवा आतंकले त्रसित भएका छन्। चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन्। माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, 'चार दिन भयो, निद्रा नै लाग्दैन।'
गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो। यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिए। 'चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ,' उनले भने।
चितुवाको उपद्रो लोसेसम्म सीमित छैन। शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। एक पछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन्।
'बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो,' माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भने, 'अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन्।' वन्यजन्तुको आतङ्कले खसीबाख्रा मात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ। मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ।
तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन। 'जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन,' इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भने।
वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ। किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन्। 'हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ,' किसान शेरबहादुर गुरुङले भने, 'न त निद्रा पाएका छौँ, न त राहत।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: