Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘माओवादीलाई फेरि घेरा हाल्न र सखाप पार्न पार्टीकै केहीलाई प्रतिक्रियावादीहरुले उचालेका छन्’

८४ मा आफ्नै बलमा चुनाव लड्ने, कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'ले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षड्यन्त्रहरूझैं अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरू भएको बताए।

'पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,' प्रचण्डले भने, 'त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरूद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ।'

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकार जनमुखी कार्यक्रमहरूमार्फत लोकप्रिय बन्दै गएको समयमा दलाल, बिचौलिया, माफिया र नोकरशाहहरूले मिलेर षड्यन्त्रपूर्वक सरकारबाट बाहिर धकेलेको र सरकारबाट बाहिरिएपछि पनि षड्यन्त्र जारी रहेको बताए।

'हामीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिको मार्गमा सरकार अगाडि बढाइरहेका थियौं। देशको प्रतिष्ठा बढ्दै थियो, जनविश्वास पार्टीप्रति बढ्दै थियो, त्यसैले हामीलाई हटाइयो। सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्वविरूद्धको षड्यन्त्र अहिले पनि जारी छ,' उनले भने।

सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र चुप नबसेको र सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेकाले माओवादीविरूद्ध पनि आफू नेतृत्वको सरकारविरूद्धजस्तै षड्यन्त्र भइरहेको उनले बताए।

चैत १५ गतेको विशाल जनसभा लगायत विभिन्न खबरदारी कार्यक्रमहरूमार्फत जनमत निर्माण भएको देखेपछि प्रतिक्रियावादीहरू झन् आतंकित भई माओवादी केन्द्र र नेतृत्वविरूद्ध षड्यन्त्र गरिरहेको उनको भनाइ थियो।

हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको प्रत्यक्ष सहभागिता र संवाद भएको जनाउँदै उहाँले भने, 'यस्ता कार्यक्रमहरूले राष्ट्रिय स्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षड्यन्त्रमा लाग्ने अवस्था बनायो।'

प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे।

'हामीले एक्लै लड्दा चुनाव जितेका छौँ,' उनले भने, 'अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।'

अध्यक्ष प्रचण्डले नेतृत्वविरूद्ध भइरहेको 'संगठित घेरा' तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रह समेत गरे।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending