Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

जोखिममा भटौली खोलाको पक्की पुल

खबरडबली संवाददाता

मन्थली । सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ ।

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग जोड्ने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो ।

जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढीे सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो ।

खाँडादेवी–४ का स्थानीयक खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ । खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्ने पनि खत्रीले बताए ।

उनले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका,मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भएपनि कतैबाट हालसम्म सुनुवाइ नभएको बताए ।

वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने जोखिम उच्च रहेको स्थानीय अक्कलबहादुर माझी बताउँछन् । वर्षाको बेला बाहुन्चुरा, पिङ्गखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पनीका कारण दैनिकजसो यस खोलामा बाढी आउने गरेकाले पनि यसलाई चाँडै नै क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताए ।

उनले भने, “यो मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्दछ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ ।” खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्ण पौडेलले पनि यसबारेमा सम्बन्धित निकायलाई यसअघि नै जानकारी गराइसकिएको बताए ।

यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौ जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ । गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए ।

अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्, यही पुल भएर आवतजावत गर्नुपर्छ । त्यसैले पनि यस पुलमा क्षति पुग्ने हो भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने मन्थली नगरपालिका–७ का स्थानीय बलवहादुर तामाङ बताउँछन् । उनले भने, “यो पुल क्षति हुनबाट चाँडै जोगाउन सकिएन भने पछि पछुताउनु शिवाय केही हुँदैन ।”

उक्त पुललाई क्षति हुनबाट जोगाउन चालु आवमा खर्च गर्ने गरी कार्यपालिकाबाट कुनै बजेट विनियोजन नभएको तर त्यस्तो समस्या भइहाल्यो भने विपद् कोषबाट तत्काल मर्मतसम्भार गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले राससलाई बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE