पश्चिम नवलपरासी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पानी नपर्दा किसानहरू मारमा परेको बताउँदै सिँचाइ सुविधा बिस्तारका लागी संघीय सरकारसँग विशेष कार्यक्रम ल्याउन माग गर्ने बताएको छन् ।
आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालको नवनिर्मित ५० शैया भवनको उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवा विस्तारसँगै किसानको समस्या समाधानमा अहिले बढी केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताए। मुख्यमन्त्री आचार्यले पानी नपर्दा अझै लुम्बिनी प्रदेशमा धान रोपाइ पूरा नभएको र रोपेको धान समेत सुक्दै गएकाले प्रदेश सरकारको आवश्यकताको आधारमा निर्णय गरेर संघीय सरकारमा पठाउने बताए ।
मुख्यमन्त्री आचार्यले भने, “पानी नपर्दा जटिल समस्या उत्पन्न भएको छ, एकातर्फ रोपाइ पूरा भएको छैन, अर्कोतर्फ रोपेको धान पनि सुक्दै गएको छ, यस विषयमा प्रदेश सरकारले छुट्टै निर्णय गरेर संघीय सरकारमा पठाउँछ ।” आचार्यले किसानहरू रासायनिक मलको जटिल समस्याबाट गुज्रिरहेकाले मलको कोटा वृद्धिका लागि पहल गर्ने आश्वासन दिए।
लुम्बिनी प्रदेश सरकारको १३ करोड ६६ लाख रुपियाँको लागतमा दुई तले सुविधा सम्पन्न भवन निर्माण भएको छ । आजबाट अस्पतालमा आखाँको विशेषज्ञ र मिर्गौला पीडित बिरामीका लागि हेमोडाइलासीस सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मोहम्मद नुरुल होदाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: