Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नेपालगन्जबाट ६३९ जना फरार अपराधी पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर घर्तिमगरले गत आर्थिक वर्षमा मात्रै बाँकेमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए।

उहाँले जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर अदालतबाट सजाय तोकिएपनि लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा एक वर्षको अवधिमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुबाट १८९ वर्ष आठ महिना एक दिन कैद र दुई करोड १८ लाख ३५ हजार ६३२ रुपियाँ जरिवाना असुल उपर गरिएको प्रहरी उपरिक्षक घर्तिमगरले बताए ।

उहाँले पक्राउ परेका अपराधीहरुमध्ये केही त धेरै वर्षदेखि फरारको सूचिमा रहेकाहरु समेत रहेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले गत केही वर्षदेखि फरार अपराधीलाई खोजी गर्ने अभियाननै सञ्चालन गर्दै आएको छ ।

त्यसका लागि विशेष टोली तयार गरेर सो टोलीलाई उक्त कार्यमा खटाइएको जनाइएको छ ।

सोही प्रकारले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा प्रहरीको अपराध अनुसन्धान तथा कारवाहीमा एक हजार ४८६ मुद्दा दर्ता भएकोमा ती मुद्दाअन्तर्गत एक हजार ४५० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले बताए।

उहाँका अनुसार सो अवधिमा २२७ पेण्डिङमा रहेका मुद्दाहरुलाई समेत फर्छ्यौट गरिएको छ भने छ हजार ४१२ वटा ठाडो उजुरी प्राप्त भएकोमा पाँच हजार ७३४ उजुरीलाई फर्छ्यौट गरेर ९७८ वटा फछ्र्यौट प्रक्रियामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जघन्य अपराधतर्फको कारबाहीमा गत असोज २७ र २८ गते नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पक्राउ गरिएको थियो भने २०८१ असोज २७ गते एक पुरुषको घाँटी रेटेर टाउको लुकाएर फरार रहेका आरोपीलाई ४८ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याइएको थियो । त्यसैगरी नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न रहेका सात जनालाई पक्राउ गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक पातलीले दिनुभएको जानकारी अनुसार बैजनाथ गाउँपालिकाको एक गाउँमा विवाह कार्यक्रममा एक युवकको हत्या गर्ने छ जनालाई पक्राउ गरिएको थियो भने नेपालगन्जका इरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने दुई जना र वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै एक करोड २३ लाख रकम ठगी गर्ने महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख पदका लागि अर्यालको उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।  सभामुख पदका लागि...

लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...

नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।   नेपा...

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...

जेनजी घाइतेको सेवा कार्यमा डा.शर्माप्रति गृहमन्त्रीको सम्मान

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending