Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

‘एआई’ले ट्राफिक प्रहरीलाई आराम

खबरडबली संवाददाता

काठमाडौं ।  ललितपुरका मुख्य सडक चोक जावलाखेल, पुलचोक दमकलचोक, एकान्तकुना, भैँसेपाटीमा खटिने ट्राफिक प्रहरीलाई आजभोलि आराम मिलेको छ । सिंहदरबार–ललितपुरस्थित मन्त्रीनिवासमा मन्त्री तथा विशिष्ट व्यक्तिको दैनिक ओहोरदोहोर र अन्य सवारीको चाप व्यवस्थापनमा खटिनुपर्ने ट्राफिक प्रहरीको बोझ ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिष्टम’ ले हटाइदिएको छ ।

कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको हो । ललितपुर महानगर सुरक्षा बल प्रमुख सीताराम हाछेथुका अनुसार मुख्य आठ स्थानमा जडान गरिएका स्मार्ट ट्राफिक लाइट सिस्टमलाई सवारीको चाप भएको दिशातर्फ हरियो र कम भएतर्फ रातो बल्नेगरी जडान गरिएको छ ।

‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानपछि सवारी दुर्घटनाको दरसमेत निकै कम भएको हाछेथुको दाबी छ। ‘पहिला भीआईपी सवारी देख्नासाथ रातो होस् कि हरियो, उहाँहरूको सवारी खुलाउनै पर्थ्यो, तलमाथि भएमा जागिरकै डर हुन्थ्यो, अहिले सबै काम स्मार्ट ट्राफिक लाइटले गर्न थालेपछि मन्त्री र भीआईपीसमेत रातो बत्तीमा रोकिन थाल्नुभएको छ।’ 

हाछेथुका अनुसार स्मार्ट ट्राफिक लाइटमा बढीमा ३० देखि ४० सेकेन्डमा रातो बत्ती हरियो हुने भएका कारण पैदलयात्री र सवारीचालकलाई पट्यार नलाग्ने र आवतजावत निकै सहज हुने गरेको छ । ललितपुर महानगरपालिकाले यस वर्ष ग्वार्को, बल्खु, सातदोबाटोलगायतका थप तीन स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने तयारी गरेको उनले जानकारी दिए।

यससँगै भेइकल डिटेक्टर मेसिन जडान गरी सडकमा सवारीसाधन सङ्ख्या गणना गरेर तत्काल सर्भरलाई जानकारी गराउने व्यवस्था छ। कार्यालय समयमा काठमाडौँतर्फका सवारीले ट्राफिक लाइटमा धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा भने बढीमा एक मिनेट पर्खिनुपर्ने गरी सञ्चालन गरिएको छ । 

स्वचालित लाइट परम्परागतभन्दा फरक र सजिलो रहेको र यसले भेइकल डिटेक्टर गरी सवारीसाधनको नम्बर तथा विवरण रिड गर्ने र कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैँ सेट गर्छ । यस्तो प्रविधि नेपालमा पहिलो रहेको ललितपुर महानगरको दाबी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending