Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

खबरडबली संवाददाता

कञ्चनपुर । बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उहाँले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सयकडौँ मूर्ति बनाइसकेका छन् ।

उनलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सीप, परिश्रम र प्रतिबद्धताले उनको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।

तर सुविधाको कमीले उनको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उनको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न छन् ।

उनले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि १० देखि २५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् ।

प्रेमले भने, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

उनको वार्षिक आम्दानी करिब रु पाँच लाख जति छ । यो आम्दानीबाट उनले दैजीमा दुई कट्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गरेका हुन् ।

तर सबै कुरा सहज छैन । उनले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सकेका छैनन् । मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकाले उनले मेसिन खरिद गर्न नपाएको बताए । उनी अहिले पनि सबै मूर्ति हातैले बनाउँछन् । पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उनी सुनाउँछन् ।

हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने प्रेम बताउँछन् । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ ।

उनको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उनले भने, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।” उनका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदुरी गर्दै छन् ।

प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा २० जना जति श्रमिकलाई काम दिएका छन् । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उनी बताउँछन् । मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकामा भने उनी खुसी व्यक्त गर्छन् । उनले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाएका छन् । 

युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुगेका उनले त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदुरका रूपमा काम गर्दै सीप सिकेर फर्किए । “सुरुमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछिपछि हिँडे”, उनी सम्झन्छन्, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यति बेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”

भारतबाट फर्किएपछि उनले गाउँमै मूर्तिकला सुरु गरे । अहिले उनी शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउँछन् । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उनकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।

प्रेमले बनाएको मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उनी भन्छन् । दलित समुदायको व्यक्ति भएकाले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उनी असन्तुष्टि पोख्छन् । 

प्रेमका श्रीमती लक्ष्मीले भनिन्, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्‍याएको उनी बताउँछिन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending