Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

विद्या भण्डारीलाई रोक्ने निर्णयले एमालेमा चर्कियो विवाद

ओली आफ्नै विचारबाट पछाडि फर्केको भण्डारीको टिप्पणी, भन्छिन्- खुट्टा कमाउँदिन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेसँगै उनलाई समर्थन गर्ने नेता कार्यकर्ताले आक्रोश व्यक्त गर्न थालेका छन् ।

मंगलबार राती एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गर्दै पार्टी राजनीतिको बाटो बन्द गरेसँगै सोही पार्टीका काठमाडौँ अध्यक्ष दीपक निरौलाले इतिहास सम्झाएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्–‘ इतिहास साक्षी छ पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको । यसै गरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसै गरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेगकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।’

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णवहादुर थापाले असहमति जनाए। यो निर्णय बहुमतले गर्दा हलमा होहल्ला भएको थियो। 

पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ‌ओली अहिले आफ्नै विचारबाट पछाडि फर्केको टिप्पणी गरेकी छन् । विगतका महाधिवेशनमा पार्टी लोकतान्त्रिकरणको विचार राखेपनि अहिले आएर ७० वर्षे उमेर हद र दुई कार्यकालको निर्णय उल्टाएको उनको भनाइ थियो ।

बल्खुको १८ दिन चलेको केन्द्रीय कमिटी बैठकमा प्रदीप ज्ञवाली, शंकर पोखरेल र आफू तीनजनामात्र ओलीको पक्षमा डटेर सामना गरेको प्रसंग पनि कोट्याएकी छन् ।

बैठकको यो निर्णयअघि निवासमै पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिइन्,, ‘उहाँ त टावर पर्सनालिटी हो नि ! आफ्नो विकल्प कोही छैन । मभन्दा बाहेक सबै भुराभुरी केही जान्दैनन् जस्ताे गर्नुहुन्छ’।

पूर्वराष्ट्रपति भण्डारीले अहिले नेतृत्वबाटै गुटबन्दी गर्ने काम भएको हुनाले संस्थागत ढंगबाट सोच्नुपर्ने औंल्याएकी छन् । उनी भन्छिन्, ‘जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको छ । यो बोल भन्ने टेरर गर्ने बोल्न नदिने यस्तो पनि हुन्छ र !’

उनले आफू भोजपुरको यशोधरा, विद्योदय मावि पढ्दैदेखि ३५/३६ सालदेखि वाईएल (योङ लिग) बाट अनेरास्ववियु हुँदै संगठन हाँकेर आएको, ६२/६३ मा नेताहरू सुस्ताएको बेला महिलाहरूको जुलुसको अगुवाइ गरेको प्रसंग सुनाउँदै प्रश्न गरिन्, ‘ म संगठक हैन, पार्टी काम गरेको छैन ?’

आफू माझ किराँतमा जन्मी हुर्की पञ्चायती शासकविरुद्ध लड्दै हुर्किँदै त्यो परिस्थितिबाट सक्रिय हुँदै लड्दै भिड्दै आएको भन्दै उनले भनिन्, ‘खुट्टा कमाउँदिन ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending