काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको १५ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि बचन नदिएको बताएका छन् ।
आफूलाई भेट्न मंगलबार बिहान बुढानीलकण्ठस्थित निवासमा पुगेका पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महतलाई देउवाले आफूले कसैलाई पनि सभापतिको उम्मेदवार बनाउने बचन नदिएको बताएका हुन् ।
‘हामीले केही नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिले मलाई ‘ग्रिन सिग्नल’ दिनुभएको छ भन्दै प्रचार प्रसार गरेको सुनेका छौँ, सत्यता के हो भनेर सोध्यौँ,’ गोपालमान श्रेष्ठले भने, ‘उहाँले आफूले कसैलाई सभापतिको उम्मेदवार बनाउँछु भनेर बचन नदिएको बताउनुभयो ।’
देउवाले कसैलाई बचन नदिएको बताएपछि श्रेष्ठले आफूले १४ औँ महाधिवेशनमा नै सभापतिको तयारी गरेको तर एक पटकलाई सहयोग गर्न भनेको सम्झाउँदै यो पटक आफ्नो पालो आउँछ कि आउँदैन भनेर सोधेका थिए । जवाफमा देउवाले बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका थिए ।
भेटमा सहभागी अन्य नेताहरूले केही नेताहरूले सभापतिमा प्रचार गर्दै देश दौडाहा सुरु गरिसकेको बताउँदै सभापतिले पनि सल्लाह गरेर नेतृत्वको विषय टुङ्ग्याउनु पर्ने बताएका थिए । त्यो विषयमा देउवाले टाउको हल्लाए मात्रै, केही जवाफ दिएनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...
चैत्र २० गते, २०८२ - १६:५४
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...
चैत्र २० गते, २०८२ - १६:४९
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...
चैत्र २० गते, २०८२ - १६:३१
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १५:५९
काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...
चैत्र २० गते, २०८२ - १५:५१
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...
चैत्र २० गते, २०८२ - १५:३८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...


प्रतिकृया लेख्नुहोस्: