कञ्चनपुर । गत वैशाख १७ गते बिहान कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला परेका रामरेशर रानाको हत्या गरिएको खुलेको छ । लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय राना वैशाख १७ गते बिहान ६ बजे मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला परेको थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमती माया चौधरीले परपुरुष सँगको मिलेमतोमा रानाको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।
घटनालगत्तै मृतकका आफन्तले उहाँका श्रीमतीसहित बेलौरी नगरपालिका ४ का पुन्ना राना र छिमेकी मानमती विरुद्ध किटानी जाहेरी दिएका थिए । अनुसन्धानका लागी तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानका क्रममा मृतकका श्रीमतीले पुन्ना राना र मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्य राति १२ बजेट रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ मा मृतकका श्रीमती र रानाबिच भेट भएको थियो । बयानका क्रममा उनीहरूबिच फोन नम्बर साटासाट भएपछि भेटघाट भइरहन्थ्यो । मृतक राना रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको थिए।
वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतिको घर हुँदै मायाको घरमा पुगे थिए। मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएपछि पुन्ना मायाको घरमा पुगेको बयानका क्रममा बुझिएको प्रहरीले जनाएको छ । तर पुन्ना पुग्नेको केही समयमै रामरेशर पनि घरमा पुगेको थिए । सोही राती घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भएको अनुसन्धानबाट खुल्नमा आएको प्रहरीले जनाएको छ ।
राना भारतबाट घर आएको दुई सातामै श्रीमतीसँग विवाद हुँदा १६ गते राती तीनै जना मिलेर बाँसको चिर्पटले टाउकोमा प्रहार गरी रानाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक खत्रीले बताए।
हत्या अभियोगमा पक्राउ परेका राना मृतकको घरमा आउजाउ गरिरहने अनुसन्धानबाट खुल्नमा आएको एसपी खत्रीले बताए। हत्यापछि तीनै जना मिलेर १७ गते बिहानै शवलाई सडक छेउमा फालेको बयानका क्रममा स्वीकार गरेको एसपी खत्रीले बताए।
घटना लगत्तै मृतकका आफन्तले तीनै जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई असार ५ गते नियन्त्रणमा लिएको जनाएको छ । असार २० गते अनुसन्धान सहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको प्रहरी उपरीक्षक खत्रीले बताए ।
असार २६ गते कञ्चनपुर जिल्ला अदालतले पुन्ना रानालाई पुर्पक्षका लागी कारागार चलान गरेको थियो भने माया चौधरी र मानमती चौधरीबाट १ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा तीनै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताए । मृतक रानाका एक छोरा र दुई छोरी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: