काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन ।
बैठकको बिचका सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन ।
गौतमका अनुसार पार्टी अध्यक्षले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेका छन । उनले भने, ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राखे।’
अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिएका छन । ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिन मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ’, गौतमले भने ।
एमालेको सदस्यता अभियान सन्दर्भमा गौतमले बताएअनुसार हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्, जुन कुल सदस्यताको करिब २८ प्रतिशत बृद्धि हो। ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।
बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनले भने ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो। पार्टी कार्यालयमा नै भएको उक्त छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किनुहुन्छ कि नफर्कने भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिए। सदस्यताको विषय छलफलबाट टुंगिने उनले बताए ।
अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए ।
आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानहरूको प्रगति विवरण प्रस्तुत गर्ने पनि उनले जानकारी दिए । गौतमका अनुसार आज र भोलि लगातार बैठक चल्नेछ । ुभोलि ९मंगलबार० नयाँ निर्णयसहित सार्वजनिक रूपमा आउनेछौँ’, उनले भने ।
एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:४३
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...
पौष १६ गते, २०८२ - १०:३४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...
पौष १६ गते, २०८२ - १०:२४
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...




प्रतिकृया लेख्नुहोस्: