काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको छन् ।
आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ प्रतिशत० ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताए। उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभएको उहाँले जानकारी दिए।
“वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भने, “विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।”
नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उनी र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गरे।
प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - २१:०१
चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...
चैत्र २२ गते, २०८२ - २०:५४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...
चैत्र २२ गते, २०८२ - २०:४८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...
चैत्र २२ गते, २०८२ - २०:४३
रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...
चैत्र २१ गते, २०८२ - १६:२१
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...
चैत्र २१ गते, २०८२ - १६:०७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...
चैत्र २१ गते, २०८२ - १६:०२
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी का...
चैत्र २१ गते, २०८२ - १५:३९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...


प्रतिकृया लेख्नुहोस्: