Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमालेमा भण्डारी गुटको छुट्टै भेला

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेभित्र देखिने नै गरी दुई गुट अलग–अलग ढंगले अनौपचारिक छलफलको तयारीमा जुटेका छन्। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकपछि सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका लागि दुवै पक्षले आन्तरिक छलफल थालेका छन्।

‘पोलिटब्युरो बैठकअघि पनि पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेताहरूबिच आन्तरिक छलफल भएको थियो। आज (आइतबार) राति पनि अबेरसम्म पूर्वराष्ट्रपतिको निवास भंगालमा छलफल भयो। त्यसअघि साँझ केही सञ्चारकर्मीसँग पनि उहाँले निवासमै कुराकानी गर्नुभयो। प्रधानमन्त्री केपी ओलीसँगको भेट समग्रमा सकारात्मक दिशातर्फ उन्मुख भएको उहाँले सुनाउनुभयो,’ भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेर फर्केका एक नेताले जानकारी दिए। भेटघाटको संयोजन विनोद ढकालले गरेका थिए। आइतबार दिनभर डोरमणि पौडेललगायत नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल र भेटघाट गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटघाटपछि प्रधानमन्त्री निवासमा संस्थापन पक्षको छलफल भएको थियो। त्यहाँ महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी भएका थिए। उता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि दिनभर नै व्यस्त भइन्।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा आइतबार पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा प्रधानमन्त्री ओलीसँग ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भेटघाट भएको छ। भण्डारीले भेटका लागि आग्रह गर्दा ओलीले बालुवाटार बोलाएका थिए। तर भण्डारीले पार्टी कार्यालय च्यासलमा भेट्ने प्रस्ताव राखिन्।

ओलीले उक्त प्रस्ताव सहजै स्वीकार गरे। आइतबार भण्डारीकै प्रस्तावअनुसार ओली पार्टी कार्यालयमा भेट भएको हो। ओलीले केन्द्रीय कमिटीको बैठकपछि मात्रै भण्डारीसँग भेट्ने तयारी गरेका थिए। एमालेको सचिवालय र पोलिटब्युरो बैठकपछि नेताहरूले पनि केन्द्रीय कमिटी बैठकपछि ओलीले भण्डारीसँग भेट्ने बताएका थिए। तर भण्डारीले त्यसअघि नै भेट्न आग्रह गरेकी थिइन्। ‘नेताहरूको दबाबका कारण दुवै जनाको भेटघाट भएको हो,’ भण्डारीनिकट रहेका एक नेताले भने।

भेटका लागि पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय च्यासलमा ३ः१५ बजेतिर पुगेकी थिइन्। भण्डारी एक दशकपछि औपचारिक रूपमा एमाले मुख्यालय पुगेकी हुन्। प्रधानमन्त्री ओली भने ४ः०० बजे मात्रै पार्टी कार्यालय पुगेका थिए। दुई जनाबिच ३ः०० बजे भेट तय भएकोमा प्रधानमन्त्री ओलीको व्यस्तताले एक घण्टा सरेको थियो।

ओली आउने समयअघि उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानी गरेकी थिइन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको सदस्यता नवीकरण गराउन आफूले नै लगेको बताएका थिए। त्यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट भएको बताएका थिए।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ।

भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन्। तर पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए। पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेन्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए। छलफलपछि जानकारी दिँदै नेता कर्ण थापाले छलफल राम्रो भएको बताए। ‘छलफल त उहाँहरूका बिचमा मात्रै भयो। उहाँहरूका बिचमा दुई घण्टा छलफल भयो। उहाँहरूका बडी ल्यांग्वेज हेर्दाखेरि सकारात्मक देखें। उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेको भनेपछि दुवै सकारात्मक हुनुहुन्छ,’ पोलिटब्युरो सदस्य थापाले भने।

शनिबार सकिएको एमाले पोलिटब्युरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण भइनसकेको भन्दै उचित समयमा उचित निर्णय हुने निष्कर्ष निकालेको थियो। यसपछि भण्डारी आइतबार पार्टी अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल पुगेकी थिइन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending