काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तेस्रोपटक पनि एमालेको अध्यक्ष केपी ओली नै हुने दाबी गरेका छन्।
‘विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय पार्टीले नै गरेको हो,’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब हुने ११औँ महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने पार्टीको धारणा छ। अहिलेको लागि नेकपा एमालेमा केपी ओलीको विकल्प छैन।’
तामाङले पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वलाई पार्टीको आन्तरिक बहस र विवादमा ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए।
‘पूर्वराष्ट्रपति राष्ट्रको साझा प्रतीक भएकाले उहाँलाई कुनै गुट वा कित्तामा बाँध्न खोज्नु गलत हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति व्यक्तिगत इच्छा र आकांक्षाबाट चल्ने व्यक्ति होइन, उहाँलाई विभाजित गर्ने र कित्तामा बाँड्ने काम गर्नु हुँदैन। उहाँ देशको अभिभावक हो। उहाँलाई हामीले शिरमा सजाउने हो, फेरि पार्टीमा राजनीतिमा फर्काउने होइन।’
जवाफमा उनले राष्ट्रपति अन्य पदभन्दा विशिष्ट र सम्मानित भएको तर्क गरे।
‘राष्ट्रपति देशको अभिभावक, सेनाको परमाधिपति र राष्ट्रिय एकताको प्रतीक भएकाले उहाँ कुनै दलको सदस्य नभएको व्यक्ति हुनुपर्छ,’ उनको तर्क थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...
पौष २९ गते, २०८२ - ०७:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...
पौष २९ गते, २०८२ - ०७:१२
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...
पौष २९ गते, २०८२ - ०७:०८
काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...
पौष २९ गते, २०८२ - ०७:०३
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...




प्रतिकृया लेख्नुहोस्: