Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लमजुङका जनप्रतिनिधिले आफूलाई सुविधायुक्त गाडि किने, दमकल किनेनन्

खबरडबली संवाददाता

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ। आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ।

आगलागीका घटना जति बेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार ठुलो आगलागी भएका बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेका छन् । यसरी एउटै दमकल अन्य पालिकाले पनि प्रयोग गर्दा आगलागीका घटना तत्काल नियन्त्रण गर्न समस्या हुने हुँदा अन्य पालिकाले दमकल खरिद गरे आगलागीबाट हुने जनधनको सुरक्षामा मद्दत पुग्ने थियो। 

स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अनिल गुरुङले बताए। सुन्दरबजार नगरपालिकाका स्थानीय अमृता घिमिरेले जिल्लाकै दोस्रो ठुलो बजार रहेको यस पालिकामा आगलागी हुँदा दमकल नभएका कारण समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको र पालिकाले दमकल खरिद गरी आगलागी हुँदा समयमै उपलब्ध गराउनुपर्ने बताए।

अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका अधिकांश प्रमुख तथा उपप्रमुखका लागि सुविधायुक्त सवारीसाधन भने छन्।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ आगलागीका घटना विशेष गरी गर्मी याममा बढी हुने गरेका र आगलागीका बेला दमकल बेँसीसहरकै मगाउने गरेको बताए। पालिकाका अधिकांश भागमा दमकल पुग्ने सडक नभएकाले समस्या भइरहेको उनको भनाइ छ। 

बेँसीसहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेँसीसहरबाट आउँदा समय लाग्छ। आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगोलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

जिल्लामा सामान्य आगलागी हुँदा दमकलबिना नै प्रहरीले आगो निभाउने गरेका छन्। ठुलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ। रासस

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: